रास्वपा कर्णालीका महामन्त्री र सुर्खेतका सभापति कांग्रेसमा प्रवेश



रास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक जिल्ला सभापति कांग्रेसमा प्रवेश गरेका छन् । महामन्त्री चन्द्रा बिक र कार्यवाहक जिल्ला सभापति जगत बस्नेत कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुसहितका दर्जनौँ नेता कार्यकर्ताहरु एकैसाथ रास्वपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् । आइतबार कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार