वीरेन्द्रनगर ।
प्रतिनिधिसभा निर्वाचन बहिष्कार गरेका विभिन्न राजनीतिक दलका नेताहरूलाई चुनाव जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ। उनीहरूले निर्वाचनविरुद्ध गतिविधि गर्न सक्ने आशंकाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए ।
पक्राउ पर्नेमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज ६६ वर्षीय नारायण न्यौपाने, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला सचिव २० वर्षीय धीर दर्जी तथा क्रान्तिकारी कम्युनिस्ट पार्टीका ब्युरो सदस्य ४१ वर्षीय कर्णबहादुर बीसी रहेका छन् । न्यौपाने वीरेन्द्रनगर–१ का बासिन्दा हुन् भने दर्जी कालीकोटको नरहरिनाथ गाउँपालिका–७ र बीसी सान्नी त्रिवेणी गाउँपालिका–६ का निवासी हुन् ।
यसैगरी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला सचिव ३८ वर्षीय श्याम कुँवर, नेकपा बहुमतका जिल्ला सचिव ४५ वर्षीय राजु भनिने राजकुमार पौडेल, नेकपा क्रान्तिकारी सुर्खेत जिल्ला समिति सचिव ५४ वर्षीय रन्तबहादुर वली, नेकपा बहुमतका वडा समिति सदस्य ६६ वर्षीय पूर्ण तिरुवा र रूकुम पश्चिमको चौरजहारी नगरपालिका–८ का ३८ वर्षीय मानबहादुर मल्ल पक्राउ परेका छन् ।
कुँवर कैलालीको धनगढी उपमहानगरपालिका–१२ का बासिन्दा हुन् भने पौडेल वीरेन्द्रनगर–११ का निवासी हुन् । त्यस्तै, तिरुवा भेरीगंगा नगरपालिका–१२ र मल्ल भेरीगंगा नगरपालिका–९ का बासिन्दा रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्