
नेपालगन्ज निवासी साहित्यकार किरण आचार्यको पौराणिक आख्यान शैलसुते बजारमा आएको छ । पौराणिक पात्रमाथि आख्यान लेख्दै आएकी आचार्यको उक्त नयाँ पुस्तक काठमाडौंमा विमोचन भएसँगै बजारमा उपलब्ध भएको हो । काठमाडौंमा आयोजित एक समारोहकाबीच लेखक तथा पत्रकार कमल रिजाल, समीक्षक राजकुमार बानियाँ अभियानी तारा रेग्मी, लेखक आचार्य, प्रकाशक पुष्पराज पौडेलले संयुक्तरुपमा पुस्तक सार्वजनिक गरेका थिए ।
किताबमाथि समीक्षा गर्दै रेग्मीले अनुसन्धान गरेर लेखिएको शैलसुते उपन्यास अब्बल रहेको बताए । बानियाँले शैलसुते उपन्यास दुर्लभ र मौलिक साहित्य रहेको र नेपालमा मात्र नभए भारतमा पनि माता पार्वतीको बारेमा लेखिएको नभेटिएको बताए ।
रिजालले पौराणिक आख्यान लेखनका लागि लामो तपस्या र समर्पण चाहिने बताउँदै शैलसुतेले पौराणिक नारीपात्रमाथि लेखिएको र लेखकबाट आफू प्रभावित रहेको बताए ।
लेखक आचार्यका यसअघि जत्कारु, परशुराम, अहिल्या पौराणित पात्रमा आधारित उपन्यास प्रकाशित छन् ।









प्रतिक्रिया दिनुहोस्