भिरबाट खसेको ढुंगाले लागेर गयो ज्यान



जाजरकोटमा एक जनाको भिरबाट खसेको ढुंगाले लागेर ज्यान गएको छ । चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको बाख्रा चराउन गएका बेला ढुङ्गाले लागेर मृत्यु भएको हो । भिरमाथिबाट खसेको ढुङ्गा टाउकामा लाग्दा घाइते भएकामा उपचारका क्रममा आज नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ३ गते आइतबार