काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता सुनील थापाको ६८ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज उनको निधन भएको हो।

चार दशकभन्दा लामो समय अभिनय, मोडलिङ र खेलकुद क्षेत्रमा सक्रिय रहेका थापा ‘राते काइला’का नामले आम दर्शकमाझ अत्यन्त लोकप्रिय थिए। विशेषगरी चलचित्रमा ‘खलनायक’को भूमिकालाई पनि नायक सरहको उचाइ र सम्मान दिलाउन उनको अतुलनीय योगदान रहेको छ।
उनको निधनप्रति नेपाली कांग्रेसले एक शोक वक्तव्य जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले एक सन्देश जारी गर्दै थापाको निधनबाट नेपाली र भारतीय चलचित्र क्षेत्रले एक सशक्त र बहुआयामिक व्यक्तित्व गुमाएको र यसले चलचित्र उद्योगमा अपूरणीय क्षति पुगेको बताएका हुन्। सभापति थापाले स्वर्गीय थापाको योगदानको स्मरण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।









प्रतिक्रिया दिनुहोस्