बालेन लक्षित प्रचण्डको टिप्पणी : स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै केही व्यक्तिहरुले सामाजिक सञ्जालमा स्टन्ट गरिरहेको बताएका छन् । उनले भनेका छत्, ‘सोसल मिडियामा स्टन्टबाज गरेको भरमा नै जनताको दिमाग चाट्ने काम भइरहेको छ।’ फरक प्रसंगमा उनले आफ्ना पुराना सहकर्मीहरुलाई एकतामा आउन आह्वान गरेका छन्।

क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अब पनि एक्ला एक्लै हिँडेर नहुने बताए। ‘राष्ट्रलाई माया गर्ने, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन, जनताको विकास र समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्न एकताबद्ध हुनुको विकल्प छैन।’ उनले मोहन वैद्य किरणलाई पनि नेकपामै सामेल हुन आग्रह गरे। उनले राजनीतिमा सिद्धान्त र विचारको खडेरी परेको बताए।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १३ गते मंगलबार