सिरहामा कर्जन्हा नगरपालिका जग्गा विवादमा एक जनाको ज्यान गएको छ । जग्गा विवादमा स्थानीय अजमुद्दीन शेखको ज्यान गएको हो । शेखका आफन्तहरुका अनुसा मनहर्वा चोकको ऐलानी जग्गामा करिब ३५ वर्षदेखि बस्दै आएका सुकुम्बासी परिवार पछिल्लो समय पक्की घर बनाइरहेका थिए । तर त्यहाँका स्थानीयहरुले खाली गर्न र पक्की घर नबनाउन दबाब दिँदै आएका थिए । यस विषयमा अदालतमा मुद्धासमेत परेर आदालतले तत्काल अदालतले तत्काल काम रोक्न मात्रै भनेर आदेश दिएको थियो ।
तर केही स्थानीयहरुले आइतबार दिउँसो प्रहरीकै उपस्थितिमा घर तोडफोड गर्न थालेकोमा रोक्न खोज्दा अजमुद्दीनलाई कुटपिट गरेको स्थानीयहरु बताउँछन् । घटनामा संलग्नहरूको खोजी, अनुसन्धान सुरु भएको बताइएपनि स्थानीयहरुले राजमार्ग अवरुद्ध पारेका छन् ।
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार









प्रतिक्रिया दिनुहोस्