बाँकेमा पाँच जनाले लिए उम्मेदवारी फिर्ता



बाँके ।

बाँकेमा पाँच जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। बाँके क्षेत्र नम्बर- १ र २ मा मनोनयन पत्र दर्ता गराएका दुई/दुई जना र क्षेत्र नम्बर -३ बाट १ जनाले ले उम्मेदवारी फिर्ता लिएका हुन् ।

क्षेत्र नम्बर १ मनोनयन दर्ता गराएका प्रदीप पौडेल र दीपकबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएका हुन् भने क्षेत्र नम्बर २ मनोनयन दर्ता गराएका सरस्वती प्रसाद बर्मा र विजयकुमार गुप्ताले उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै क्षेत्र नम्बर ३ बाट भगवती शाहले उम्मेदवारी फिर्ता लिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार