दिउँसो २ बजेसम्म ८६१ जनाले गराए उम्मेदवारी दर्ता



देशभर ८ सयभन्दा बढी जनाले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराइसकेका छन्। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले दिएको जानकारीअनुसार दिउँसो २ बजेसम्म देशभर ८ सय ६१ जनाले  उम्मेदवारी दर्ता गराएका हुन्।

बिहान १० बजेदेखि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउने क्रम जारी छ। यो क्रम साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार