प्रतिनिसभा निर्वाचनमा उठ्न बागमतीका ६ सांसदले दिए राजीनामा



हेटौँ ।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न बागमती प्रदेशका ६ सांसदहरूले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने कांग्रेस, एमाले, राप्रपा र नेकपाका सांसदहरूले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिएका हुन् ।

सोमबार ५ सांसदले इमेल मार्फत् प्रदेशसभा सचिवालय हेटौंडामा राजीनामा पत्र दर्ता गरेका हुन् भने एक जना सांसदले उपस्थित भएर उपसभामुख अप्सरा चापागाईलाई राजीनामा पत्र बुझाएका हुन् । बागमती प्रदेशसभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने एक, राप्रपाबाट एक, नेकपा र एमालेबाट प्रतिनिधित्व गर्ने २/२ जना सांसदले राजीनामा गरेका हुन् ।

बागमती प्रदेशसभा सदस्य एवम् पूर्व मन्त्री युवराज दुलाल ‘शरद’ले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका हुन् । २०७४ र २०७९ मा गरी २ पटक प्रदेशसभा सदस्य निर्वाचित भएका दुलाल आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा प्रतिस्पर्धा गर्दैछन् । उनलाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक–२ बाट उम्मेदवार बनाएको छ ।

आइतबार टिकट पाएका दुलालले कार्य व्यवस्तताका कारण प्रदेशसभा सचिवालय हेटौंडा आउन नसेपछि इमेल मार्फत् राजीनामा पत्र पठाएका हुन् । दुलाल लामो समय प्रदेशको मन्त्री भएका थिए । उनी २०७४ देखि २०७७ सम्म प्रदेशको सामाजिक विकास मन्त्री र २०७९ देखि २०८१ सम्म भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए ।प्रदेशसभा सदस्य एवम् पुर्व कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

काठमाडौं ७(२)बाट निर्वाचित २०७४ र २०७९ मा प्रदेश सांसद निर्वाचित भएका श्रेष्ठ आसन्न निर्वाचनमा प्रतिनिधिसभाको उम्मेदवार बन्ने निश्चित भएपछि पदबाट राजीनामा दिएका हुन् । उनी एमालेका तर्फबाट काठमाडौं–७ मा प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवार निश्चित भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार उनलाई सो क्षेत्रमा चुनाव लड्न टिकट दिएका हुन् ।

उनी २०८१ देखि २०८२ सम्म प्रदेशको मन्त्री बनेका थिए ।बागमती प्रदेशका पूर्व मन्त्री एवम् एमाले सांसद अमन कुमार मास्केले पदबाट राजीनामा गरेका छन् । काठमाडौं–६ (२)बाट निर्वाचित भएका मास्केले प्रतिनिधिसभा निर्वाचनमा सहभागि हुन पदबाट राजीनामा दिएका हुन्। उनले इमेल मार्फत् राजीनामा पत्र सचिवालयमा दर्ता गरेका छन् । उनी आगामी निर्वाचनमा काठमाडौं–६ मा एमाले प्रतिनिधि सभाको निर्वाचनको उम्मेदवार बन्ने छन् ।

उनी २०८० देखि २०८१ सम्म प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रहेका थिए । प्रतिनिधि सभा निर्वाचन लड्न कांग्रेसका सांसद एवम् पूर्व मन्त्री कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशसभाकी उपसभामुख चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन् । देलखा १ (१)बाट प्रदेशसभा सदस्य निर्वाचित काफ्ले आगामी निर्वाचनमा दोलखाबाट उम्मेदवार बन्ने तयारीमा छन् ।

यद्यपि उनको टिकट भने टुंगिएको छैन । काफ्ले बागमती प्रदेशको २०८० देखि २०८१ सम्म आर्थिक मामिला तथा योजना मन्त्री रहेका थिए । २०७४ र २०७९ मा प्रदेशसभा सदस्य निर्वाचित भएका बसन्त मानन्धरले पनि इमेलमार्फत राजीनामा दिएका छन् । २०७४ मा एमाले र २०७९ मा नेकपा एकीकृत समाजवादीबाट काठमाडौं–७ (२) बाट प्रदेशसभा निर्वाचित भएका मानन्धन हाल नेकपामा आवद्ध छन् ।

काठमाडौं–७ मा चुनाव लड्न मानन्धनले पदबाट राजीनामा दिएका हुन् । उनलाई नेकपा संयोजक पुक्ष्पकमल दाहाल ‘प्रचण्ड’ले सो क्षेत्रमा चुनाव लड्न टिकट दिएका हुन् । उनी प्रदेशसभाको पहिलो कार्यकालको २०७८ देखि २०७९ सम्म खानेपानी उर्जा तथा सिंचाई मन्त्री रहेका थिए ।

राप्रपाबाट काठामडौं–२ (१) बाट निर्वाचित सुनिल केसीले प्रदेशसभा सदस्यबाट राजीनामा गरेका छन् । उनी रास्वपाबाट काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बन्ने तय भएको छ । पूर्व मेयर बालेनको टिमबाट रास्वपाले उनलाई काठमाडौं–२ मा टिकट दिएको हो। प्रदेशसभा सदस्य पदमा रहदाँ उनको भमिका कमजोर रहेको थियो । बालेन टिममा सक्रिय रहेका केसी प्रदेशसभाको बैठकमा समेत कम उपस्थित हुने गर्थे ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार