कोहलपुर ।
कोहलपुर नगरपालिका- १० मा अवस्थित आरएम अस्पताल प्रालिको दोस्रो वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य उपचार गरिएको छ । आइतबार अस्पतालले दोस्रो वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य उपचार गराएको हो ।
उक्त अवसरमा दुई सय जनाभन्दा धेरैले निःशुल्क स्वास्थ्य उपचार गराएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य उपचारका साथै रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । उक्त अवसरमा ३८ जनाले रक्तदान गरेका छन् ।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार









प्रतिक्रिया दिनुहोस्