यी हुन् एमालेले उम्मेदवारमा छानेका नयाँ अनुहार



नेपालगन्ज, ४ माघ
नेकपा एमालेले आसन्न निर्वाचनका लागि उम्मेदवार छनौट गर्दा नयाँ अनुहारलाई प्राथमिकतामा राखेर छनौट गरेको पाइएको छ । एमालेले केही निर्वाचन क्षेत्रहरुमा यसअघि संसदीय निर्वाचनमा नदेखिएका अनुहारलाई उम्मेदवारका रुपमा छानेको छ ।

सुदुरपश्चिम प्रदेशको कञ्चनपुर क्षेत्र नम्बर १ मा नेता तारा लामा तामाङ उम्मेदवार हुँदै आएकोमा उक्त क्षेत्रमा एमालेले कमला बोहरालाई अघि सारेको छ । बोहरा विद्यार्थी राजनीतिबाट आएकी नेता हुन् । यसैगरी कन्चनपुरको क्षेत्र नम्बर २ मा बचनबहादुर सिंहलाई उम्मेदवार बनाइएको छ ।

कैलाली क्षेत्र नम्बर १ बाट एमालेले द्वारिका न्यौपानेलाई उम्मेदवार बनाएको छ भने कैलाली–२ बाट सूर्यबहादुर थापा उम्मेदवार बनाएको छ । कैलाली–२ मा झपट रावल उम्मेदवार हुँदै आएका थिए । तर, पार्टीभित्र अध्यक्ष केपी ओलीको विपक्षमा रहेका रावलले यसपटक टिकट पाएनन् ।

कैलालीकै क्षेत्र नम्बर ५ मा उम्मेदवार हुन लागेका यज्ञराज ढुंगाना पनि नयाँ हुन् भने डोटीबाट एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष दीपक धामी पनि संसदीय निर्वाचनमा नयाँ अनुहार हुन् ।

जुम्लाका शान्तिलाल महत, मुगुका पूर्णबहादुर रोकाया, डोल्पाका लंक रोकाया पनि नयाँ अनुहार हुन् । बर्दिया–१ सालिकराम अधिकारीका साथै नवलपरासी–१ मा रामप्रसाद पाण्डे र २ नम्बर क्षेत्रमा उम्मेदवार बनाउन लागिएका भगवतीप्रसाद यादव पनि नयाँ अनुहार हुन् ।

नवलपुर–१ मा उम्मेदवार बनाउन लागिएका भागीरथ सापकोटा, गोरखा–१ मा पनि आरसी लामिछाने नयाँ अनुहार हुन् । नयाँ उम्मेदवार बनाउने क्रममा एमाले गुणगर्दी पृष्ठभूमि भएका मिलन चक्रेका नामबाट चर्चित मिलन गुरूङलाई पनि उम्मेदवार बनाउने भएको छ । गुरुङ गोरखा २ नम्बर क्षेत्रबाट उम्मेदवार हुन लागेका छन् ।

स्याङ्जाका क्षेत्र नम्बर १ मा मीनप्रसाद गुरूङ र २ मा खिमबहादुर थापा दुवै नयनाँ अनुहार हुने भने कास्की–१ मा बैणबहादुर क्षेत्री, क्षेत्र नम्बर २ मा कृष्ण थापा पनि नयाँ अनुहार हुन् ।

सिन्धुली–२ मा मनोजजंग थापा, रामेछाप–१ मा माधवप्रसाद ढुंगेल, सिन्धुपाल्चोक–१ मा एमालेले आङदोर्जे शेर्पा, काभ्रे–१ मा एमालेले अमित लामा, धादिङ–२ मा एमालेले धनबहादुर घले, चितवन–१ मा कृष्णराज (कमल) पाठक, २ मा अस्मिन घिमिरे र ३ मा शंकरराज थपलिया सबै नयाँ अनुहारका रुपमा उम्मेदवार बन्दै छन् ।

यस्तै काठमाडौं–१ मा मोहन रेग्मी, क्षेत्र नम्बर ८ का राजेश शाक्य र १० का विनोद श्रेष्ठ, ललितपुर–१ मा चेतनाथ सञ्जेल, भक्तपुर–१ मा सोमप्रसाद मिश्र, सप्तरी– ४ बालकृष्ण चौधरी, सिराहा–१ का केदार यादव, २ का नवीनकुमार यादव, ४ का बिल्टु यादव पनि नयाँ उम्मेदवारकै रूपमा अघि सारिएको छ ।

यसैगरी, महोत्तरी–२ मा रामपरिक्षण यादव, झापा–१ का रामचन्द्र उप्रेती, झापा–४ का मनोज ताम्ली, संखुवासभाका डा. अर्जुन कार्की, सुनसरी–१ का सूर्य पन्दाक, मोरङ–२ का दिलीप बगेडिया, मोरङ–३ का दिलीप राई र ओखलढुंगाबाट उम्मेदवार बन्न लागेकी अस्मिता थापा पनि नयाँ अनुहार हुन् । यसैगरी उदयपुर–१ की दुर्गा थापा स्वोती र खोटाङका देवविक्रम राई पन संसदका लागि नयाँ उम्मेदवार हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार