बर्दियामा प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचन शान्त बाताबरणमा भईरहेको छ । प्रतिनिधी सभाको लागी २ ओटा र प्रदेश सभाको लागी ४ वटा क्षेत्र रहेको बर्दियामा शान्त र सवार्ध बाताबरणमा निर्वाचन भईरहेको छ ।
जिल्लाका सबै मतदान स्थलका मतदान केन्द्रहरुमा मतदाताहरुले उत्साहका साथ मतदान गरिरहेका छन । बिहान ७ बजेदेखि मतदान सञ्चालन भए पनि साढे ७ बजे देखि मतदाताहरु लाईनबद्ध रुपमा मतदान गरिरहेका छन ।
१ लाख ३४ हजार ४ सय २८ पुरुष, १ लाख ३८ हजार ४३ महिला र ६ जना तेस्रो लिंगी गरी जम्मा २ लाख ७२ हजार ४ सय ७७ मतदाता रहेका छन । बर्दियाका १ सय ५३ मतदान स्थल अन्तरगत ३ सय २९ वटा मतदान केन्द्र रहेको मुख्य निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । जिल्लाको ७५ वटै वार्डहरुमा निर्वाचन शान्तिपूर्ण भैरहेको र सुरक्षा व्यवस्था कडा पारिएको छ । बर्दियाबाट प्रतिनिधी सभाका उम्मेदवार एमाले उपाध्यक्ष वामदेव गौतम, सिँचाई मन्त्री संजयकुमार गौतम, भुमिसुधार मन्त्री गोपाल दहित र विना विभागिय मन्त्री सन्तकुमार थारुले आआफ्नो केन्द्रबाट मतदान गरेका छन् ।
वामदेव गौतमले वाँसगढी नगरपालिका वार्ड नम्वर ८ स्थित त्रिभुवन मावि ककौरा केन्द्रबाट, सञ्जयकुमार गौतमले गुलरिया नगरपालिका वार्ड नम्वर ५ स्थित वालमन्दिर केन्द्रबाट मतदान गरेका छन् । त्यस्तै गोपाल दहितले राजापुर नगरपालिका वार्ड नम्वर २ स्थित ज्ञानज्योति प्रावि सोहरिया मतदान केन्द्र र सन्तकुमार थारुले बा¥हबर्दिया नगरपालिका वार्ड नम्वर २ स्थित युवक मावि जोगीगाउँबाट मतदान गरेका छन । प्रतिनिधि सभा सदस्य २ स्थानका लागि २२ जना र प्रदेश सभाका ४ स्थानका लागि ३६ जनाले उम्मेदवारी दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्