रुकुमपूर्वमा प्रचण्डसँग प्रतिष्पर्धी एमालेका खेममान खड्का



रुपन्देही । नेकपा एमालेले रुकुमपूर्वमा उम्मेदवारी दिन लागेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लड्न केन्द्रीय सदस्य खेममान खड्कालाई उम्मेदार बनाउने भएको छ । खड्का सो जिल्लाका इन्चार्जसमेत हुन् ।

यसअघि एमालेले नेता प्रचण्डलाई सघाउने खालका विषय बाहिर आएका थिए तर अन्तिम समयमा खड्कालाई उठाउने निर्णय भएको एमाले स्रोतले जनाएको छ ।‘पहिले लचक हुने कि भन्ने थियो तर अब जसरी पनि बलियो उम्मेदार बनाउने भन्नेमै पुगियो, नेता खेममानलाई उम्मेदार बनाएर जाने कुरा भयो’ ती नेताले भने ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार