कोहलपुर, १९ मंसिर/ पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरद्वारा बरिष्ट साहित्यकार महेश विक्रिम शाहलाई रत्न पुरस्कारबाट सम्मान गरिने भएको छ ।
रु ११ हजार बराबर राशिको नगत पुरस्कारबाट शाहले लामो समय सम्म सक्रिय भई वरिष्ठ कृतिहरु प्रकाशित गरे वाफत सम्मान गर्न लागेको प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले जानकारी गराएका छन् ।
वि.स. २०७३ साल देखि वरिष्ट कथाकारको रुपमा समानित भएका शाहलाई पूर्णिमा प्रतिष्ठानले पनि सम्मान गर्ने लागेको हो । आगामी पुस १ गते शाहलाई सम्मान गर्ने लागेको ढकालले बताए ।
सोही अवसरमा वरिष्ट कवि मोमीला जोसीको एकल कविता वाचन कार्यक्रम गरिने भएको छ । पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले अहिले सम्म प्रेम
प्रकाश मल्ल (मधुकर) गायक÷गितकार, सन्त रेग्मी कथाकार, दिनेश अधिकारी कविता÷गितकार लाई रत्न पुस्कारबाट सम्मान प्रदान गरि सकेको
छ ।
प्रकाशित मिति : २०७४ मंसिर १९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्