‘प्याब्सन डे’मा विभिन्न व्यक्तिहरूलाई सम्मान



नेपालगन्ज ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाँकेको ३५औँ वार्षिकोत्सव ‘प्याब्सन डे’का रूपमा मनाइएको छ । वार्षिकोत्सवका अवसरमा बिहीबार नेपालगन्जमा विशेष समारोह आयोजना गरिएको थियो । उक्त समारोहमा शिक्षालगायत विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरूलाई सम्मान गरियो ।

प्याब्सनमा आबद्ध प्रत्येक विद्यालयका उत्कृष्ट शिक्षक र विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई उक्त समारोहमा सम्मान गरिएको हो ।
प्याब्सनले कला संस्कृति संरक्षणमा योगदान दिएवापत सुन्दर गुरुङ, मानव बेचबिखनविरुद्धको अभियानमा सक्रिय केशव कोइराला, लागूपदार्थ दुव्र्यसनविरुद्धको अभियानमा सक्रिय अभिराज क्षेत्री र पत्रकारितामार्फत योगदान पु¥याएवापत प्रियास्मृति ढकाललाई सम्मान गरियो ।

यसैगरी बैजनाथको शिक्षा क्षेत्रमा पु¥याएको योगदानवापत शान्ति शाह, कोहलपुरको शिक्षा क्षेत्रमा पु¥याएको योगदानवापत नारायणप्रसाद सिग्देल, खजुरा क्षेत्रमा पु¥याएको योगदानवापत चिनियाराम आचार्य, बाँकेको शैक्षिक क्षेत्रमा पु¥याएको योगदानवापत बलराम यादव, खेलाडी विधाबाट दुर्गा थापालाई सम्मान गरिएको छ । यस्तै लाइभटाइम एचिभमेन्ट अवार्डबाट जय बागेश्वरी माविका विद्यामानराज भण्डारी र शिक्षा दिप सम्मानबाट ब्राइटल्याण्ड मावि नेपालगन्जका विजय लामालाई सम्मान गरिएको छ ।

त्यसैगरी प्याब्सन बाँकेमा आबद्ध १०६ विद्यालयका उत्कृष्ट विद्यार्थी र शिक्षकहरूलाई सम्मान गरिएको छ भने गत वर्षको एसईईमा ४ जिपिए ल्याएकी छात्रा सिर्जना विसी र विद्यालय बाल विद्या मन्दिरलाई पनि सम्मान गरिएको छ । नेपालगन्ज रंगशालामा आयोजित औपचारिक कार्यक्रमअघि वीपी चोकबाट प्रभातफेरि निकालिएको थियो ।

प्याब्सन बाँकेका अध्यक्ष विकास वज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रमलाई नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, बाँकेका प्रमुख जिल्ला अधिकार दिलकुमार तामाङ, प्याब्सनका केन्द्रीय प्राज्ञिक सल्लाहकार डा. राजेशकेशर खनाल, शिक्षा विकास तथा समन्वय इकाई बाँके प्रमुख धनसुदन चौलागाईं, प्याब्सन लुम्बिनी सल्लाहकार ऋषिकेश जिसीलगायतले सम्बोधन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २५ गते शुक्रबार