वर्ष उत्कृष्ट वन्यजन्तु संरक्षणकर्मी पुरस्कारबाट खनाल सम्मानित



दाङ ।

पत्रकार एवम् सर्प उद्धारकर्ता शिवु खनाल सम्मानित भएका छन् । बिहीबार लमही नगरपालिकाको १८औँ नगरसभाको अवसरमा पत्रकार एवम् सर्प उद्धारकर्ता खनाल वर्ष उत्कृष्ट वन्यजन्तु संरक्षणकर्मी पुरस्कार २०८२ सहित सम्मानित भएका हुन् ।

वन्यजन्तु संरक्षण क्षेत्रमा क्रियाशील रहि समग्र लमही नगरपालिका क्षेत्रबाट विभिन्न प्रजातिका एक हजारभन्दा बढी विषालु/अविषालु सर्पको सकुशल उद्धार गरि पृथ्वीमा पारिस्थितिक सन्तुलन कायम गर्न, मानिसहरूलाई सम्भावित जोखिमबाट जोगाउन महत्त्वपूर्ण भूमिका पु¥याएको योगदानको उच्च मुल्यांकन गर्दै लमही नगरपालिकाको १८औँ नगरसभाको अवसरमा खनाललाई वर्ष उत्कृष्ट वन्यजन्तु संरक्षणकर्मी पुरस्कार २०८२ सहित लमही नगरपालिका नगरप्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी र प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले दोसल्ला ओढाएर सम्मानित गरेका हुन् ।

पत्रकार शिवु खनालले देउखुरी क्षेत्रमा रहेर स्थानीयको घर, सार्वजनिक स्थानबाट विषालु÷अविषालु सर्प उद्धार गर्दै आएका छन् । खनालले उद्धार गरेका विषालु र अविषालु सर्पहरू लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन क्षेत्रभित्र सकुशल छोड्दै आएका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २५ गते शुक्रबार