लप्सेफेदीमा बस दुर्घटना, ४ जनाको मृत्यु



काठमाडौँ ।

काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर–३ स्थित लप्सेफेदी जंगलमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बुधबार साँझ स्थानीय ढोल्बु सामुदायिक बनमा बा४ ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाएका हुन् ।

मृत्यु हुनेमा १ पुरुष र ३ महिला छन् । मृतकहरूको पहिचाल खुलिसकेको छैन । अहिलेसम्म नेपाल मेडिकल कलेजमा उपचाररत ५५ वर्षीया शान्ती गुप्ताको मात्रै पहिचान खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।बस चालक ध्रुव रेग्मी घाइते भएका छन् ।

उनको उपचार हुँदै छ । घाइतेहरूको शंखरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु र नेपाल मेडिकल कलेज जोरपाटीमा उपरचार भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार