नवौं क्रिसा खेलकुद महोत्सव–२०७४ सम्पन्न



भीम रावत : कोहलपुर, १८ मंसिर/  गत शुक्रबार देखि शुरु भएको ९औं क्रिसा खेलकुद महोत्सव २०७४ सोमबार सम्पन्न भएको छ ।

कोहलपुरमा रहेका निजी विद्यालयहरुको संगठन क्रिसाले विगत २०६६ सालदेखि नै विभिन्न विधामा प्रतियोगिताहरु गराउँदै आएको छ ।

यस पटक  मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै क्रिसाले गराउने विभिन्न प्रतियोगिताहरुलाई परिमार्जन गर्दै क्रिकेट, भलिभल र फुटबल प्रतियोगिताहरुमा मात्र सिमित गरेको थिए ।

सोमबार सम्पन्न सो खेलकुद महोत्सवको समापन समारोहमा महोत्सवमा विभिन्न प्रतियोगिताहरुमा विजयी हुने टिम तथा खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथि एनप्याब्सनका राष्ट्रिय महासचिव सुवाष न्यौपानेले शिल्ड तथा प्रमाण पत्र वितरण गरेका थिए ।

समापन समारोहलाई सम्वोधन गर्दै न्यौपानेले कोहलपुर क्षेत्रमा क्रिसाले गराएका क्रियाकलापहरुबाट विद्यार्थीहरुमा ज्ञान,क्षमता,सिप र अनुशासनमा उल्लेखनिय प्रगति भएको बताए । साथै उनले क्रिसाको यस क्षेत्रमा गरिरहेको कार्यलाई निरन्तरता दिनु पर्ने सुझाव दिए । विशिष्ठ अतिथि एनप्याबसनकै केन्द्रीय सचिव कुसुम रानाभाटले क्रिसाले नीजि विद्यालयहरुको क्षेत्रमा गरेका काहरु बाँके जिल्लामै उदाहरणीय रहेको बताए ।

९औ. क्रिसा खेलकुद महोत्सवको मार्चपास तर्फ ग्रिनपीस मावि चपरगौडी प्रथम, पञ्चमुखि मावि द्वितीय र वेष्टर्न मावि तेश्रो भएको छन् । भलिभलमा आधारभूत तहतर्फ साइनिङ स्टार मावि प्रथम , भेरी फ्युचर स्टार द्वितीय र नमूना विद्यासदन तृतीय भएका छन् । मावि तह तर्फ साइनिङ स्टार प्रथम, दिपजयोति मावि चिसापानी द्वितीय र नमूना विद्यासदन तृतीय भएका छन् ।

फुटबल तर्फ जनज्योति मावि प्रथम, दिपज्योति मावि चिसापानी द्वितीय र दिपज्योति मावि चपरगौडी तृतीय भएका छन् । त्यस्तै क्रिकेट तर्फ बागेश्वरी एकेडेमी प्रथम, तक्षशिला एकेडेमी द्वितीय र निम्बल मावि तृतीय भएको छन् ।

क्रिकेट प्रतियोगितामा तक्षशिला एकेडेमीका सिद्धार्थ शाही वेष्ट ब्याट्स मयान र सोही विद्यालयका समन्त शाही म्यान अफ दि सिरिज घोषित भएका छन् ।

समापन समारोहमा प्याब्सनका केन्द्रीय सदस्य अर्जुन सिग्देल ,एनप्याब्सन प्रदेश न.ं ५ का सदस्यहरु गोविन्द चौभरी र कमल पछाई ,हिसान बाँकेका अध्यक्ष डा. अभिनिन्द्र मिश्र लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १८ गते सोमबार