काठमाडौँ ।
सौगात मल्ल र सिम्रन पन्तको शीर्ष भूमिका रहेको फिल्म ‘बब डाइ’ छायांकन सकिएको छ । चन्द्रागिरी र कीर्तिपुर नगरपालिका भित्रका स्थानमा छायांकन सकिएको निर्देशक प्रवीण श्रेष्ठले जानकारी दिए । दुईगीत बाहेक स्क्रिप्टको दृश्यका सम्पूर्ण छायांकन सकिएको निर्देशक श्रेष्ठले बताए ।
गीतको छायांकन केही सातापछि गरिने जनाइएको छ । रोटेपिङ इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने यो फिल्ममा कीर्तिपुरका एक युवाको कथा समेटिएको छ । फिल्मको शीर्ष भूमिका ‘बब डाई’ को भूमिकामा सौगातले अभिनय गरेका छन् । निर्देशक श्रेष्ठका अनुसार नेवारी भाषामा दाईलाई डाई भनिने भएकाले फिल्मको नाम ‘बब डाई’ राखिएको हो ।
फिल्म कमेडी जनरामा आधारित छ । यसबाहेक पनि फिल्ममा दर्शक अन्य कुरा पनि पाउन सक्ने निर्देशकको भनाइ छ । फिल्ममा सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्डुकार, मनोज महर्जन, कमल देवकोटा, उत्तमराज पाण्डे, रजिन महर्जन, मनोज महर्जन र बालकलाकार अग्रिम पण्डितको पनि अभिनय छ ।
फिलममा मनिषा गौचन र प्रवीण श्रेष्ठको कथा छ । फिल्ममा राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता हुन् भने रविन्द्र प्रजापती कार्यकारी निर्माता हुन् । प्रदर्शन मिति तोकिएको छैन ।









प्रतिक्रिया दिनुहोस्