प्रान्सुको तेस्रो सार्वजानिक सुनुवाई सम्पन्न



कोहलपुर, १४ मंसिर/  कोहलपुर नगरपालिका–३ मैटहवामा रहेको प्रान्सु खाद्य प्रशोधन उद्योगको आयोजनामा भएको कार्यक्रममा अचार उत्पादन, प्रशोधन तथा बजारीरण उप–आयोजनाको बारेमा तेस्रो सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

सार्वजनिक सुनुवाईमा संस्थाका अध्यक्ष मेघराज पन्थले संस्थाको आयव्यय प्रस्तुत गरेका थिए । साना तथा मझौला कृषक आयस्तर वृद्धि उप– आयोजनाको पूरक अनुदान सहयोग रु २१ लाख ७८ हजार र उद्योगको आन्तरिक लगानीमा उद्योगले प्रान्सु अचार उत्पादन, प्रशोधन तथा बजारीकरण सम्बन्धी कार्य गर्दै आएको छ ।

स्थानीय स्तरमा रहेका कच्चा पदार्थको सदुपयोग गर्दै उद्योगले उच्च स्तरीय गुणस्तरका आठ प्रकारका अचारहरु उत्पादन गर्दै आएको सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराइएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा कोहलपुर नगरपालिका–३ का अध्यक्ष माधव रिजाल, घरेलु तथा साना उद्योग कार्यालय बाँकेको प्रमुख कमल प्रसाद घिमिरे, जिल्ला कृषि विकास कार्यालय बाँकेका मत्स्य विकास अधिकृत बसिर अहमद खाँ, नेपालगञ्ज उद्योग वाणिज्य संघकी सदस्य आशा ढकाल, रिजम एफ.पी.का उपेन्द्र विक्रम कटुवाल, अगुवा कृषक रामशंकर थारु लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १४ गते बिहीबार