मितेरीको १७औँ वार्षिक साधारणसभा सम्पन्न



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित रहेको मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडकोे १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमकाबीच संस्थाको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो । २०६५ सालमा दर्ता भएर विभिन्न आरोहअवरोह पार गर्दै १७ वर्षमा प्रवेश गर्न सफल भएको संस्थाका अध्यक्ष अंजीरबहादुर शाहीले बताए ।

उनले सहकारीमार्फत सबै गाउँ ठाउँमा जनचेतानामूलक र सीपमूलक कार्यक्रम गर्दै सकारात्मक परिवर्तनमा लागिरहेको जनाकारी दिए ।
सहकारीले विगतदेखि नयाँ पुस्तालाई सभ्यता र सभ्य संस्कृतिको विकास गर्न विभिन्न कार्यक्रमहरू गर्दै आएको उनको भनाइ छ । उक्त साधारणसभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै उनले संस्थाले एक वर्षभर गरेका काम र आगामी दिनहरूमा गर्ने योजनाहरू समेत राखेका थिए ।

सहकारी नाफा र घाटा मात्र नभइ सहरकारीमा आबद्ध सदस्यहरूको जीवन परिवर्तनको लागि काम गरिनुपर्ने उनको भनाइ छ । सदस्यले संस्थालाई र संस्थाले सदस्यहरूलाई चिन्न नसक्नु नै अहिलेको समस्या सिर्जना भएको उनको दाबी छ । सहस्यहरूको मुहारमा खुसी ल्याउनु नै सहकारीहरूको प्रमुख लक्ष्य रहेको जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले बताए ।

विगतका वर्षहरूका सहकारीका साधारणसभा भाषण र नेताहरूको सहभागितामा तामझाम हुने व्यवस्था अहिले सहकारी संघले हटाएर सदस्यकेन्द्रीत हुने व्यवस्था गरेको उनको भनाइ थियो । उक्त अवसरमा संस्थाका कोषाध्यक्ष हेमराज अधिकारीले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै साधारणसभामा उत्कृष्ट बचतकर्ता, नियमित बचतकर्तालाई समेत संस्थाले सम्मान गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक ३० गते आइतबार