कोहलपुर (बाँके) ।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ मृचैयामा कुरुवा बस्ने गएका व्यक्तिमाथि कुटपिट हुँदा एकजना गम्भीर घाइते भएका छन् । आइतबार राति २३ बजेर १५ मिनेटतिर आफन्तको घरमा कुरुवा बस्न गएका व्यक्तिमाथि कुटपिट हुँदा एक व्यक्ति गम्भीर घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय कार्यालय बर्दियाका अनुसार गम्भीर घाइते हुनेमा ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँका ३८ वर्षीय रमेशप्रसाद तिमिल्सिना रहेका छन् ।
बर्दिया प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र मल्लका अनुसार सामूहिक कुटपिटमा परेका तिमिल्सिनाको टाउको, दुवैै घुडा, बायाँ हातमा, दायाँ हातको पञ्जामा चोट गम्भीर चोट लागेको छ । उनकाअनुसार घटनालगत्तै इलाका प्रहरी कार्यालय भुरिगाउँको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा रगताम्य अवस्थामा रहेका उनलाई नगर अस्पताल लगिएको उनले बताए ।
त्यहाँ उपचार असम्भव भएपछि थप उपचारका लागि सोमबार दिउँसो १ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर रेफर गरिएको डीएसपी मल्लले जानकारी दिए । अहिले उनको कोहलपुरमा आइसीयूमा राखेर उपचार भइरहेको छ । ‘उहाँको अवस्था सिरियस छ । शरीरका धेरै भागमा चोट लागेको छ । घरेलु हतियार प्रयोग भएको छ । हामीले घटनाको अनुसन्धान गरिरहेका छौँ,’ उनले मिसन टुडेसँग भने ।
बर्दिया प्रहरीका अनुसार वडा नम्बर मृचैयाका भिम साउदको यसअघि कालगतिले मृत्यु भएको थियो ।
त्यही घरमा कुरुवा बस्न गएका तिमिल्सिनामाथि सामान्य विवादको विषयलाई लिएर वडा नम्बर ३ गिदरपुर बस्ने अन्दाजी २५ वर्षीय तर्क भण्डारी लगायत १०÷१५ जनाको समूहले कुटपिट गरेको थियो । घटनामा सलंग्न रहेको आरोपमा सोमबार ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ बस्ने २० वर्षीय प्रकाश साउदलाई उनकै घरबाट पक्राउ गरिएको छ । उनलाई आवश्यक सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा ल्याइएको उनले जानकारी दिए । अन्यको खोजीका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्