प्रकृतिबाट आर्जित सिकाइको समीक्षा



एउटा यस्तै स्वभावको अर्को फूल पनि हुन्छ, जसलाई भेनस फ्लाइट्रयाप अर्थात मांसहारी फूल भनेर पनि चिनिन्छ । यो फूलले आफूलाई नाइट्रोजन आवश्यक परेको अवस्थामा आफ्नो रस खानका लागि आउने किरा, फट्याङ्ग्राहरूलाई फूलमा बस्ने बित्तिकै फूलका पत्रहरूलाई खुम्च्याएर छोप्छ । किराफट्याङ्ग्रालाई लाग्छ, मैले फूल खाइरहेको छु, तथापि त्यस्तो अवस्थामा फूलले किराफट्याङ्ग्रालाई खाइरहेको हुन्छ । प्रेमको पासोमा परेर इहलीला सकिएको प्रेमीको जस्तो हुन्छ यस्तो फूलको फन्दामा पर्ने किराफट्याङ्ग्राहरूको जीवन ।

जीतबहादुर शाह

म बास बस्ने घर र काम गर्ने अफिस एउटै भवनमा थियो । आँगनमा पारीजातको बिरुवा थियो । धेरैलाई यो फूलको बिरुवा हो भन्ने पनि थाहा थिएन । किनभने उनीहरूले फूलेको नै कहिल्यै देखेनन् । कारण पारिजात घाम अस्ताएपछि फूल्न सुरु गथ्र्यो र बिहान घाम उदाउँने बेलासम्म सबै फूल झरिसक्थ्यो । फूल फूल्ने समयमा आँगन र मेरो कोठासम्म पुग्ने गरी यत्ति मिठो बासना छथ्र्यो कि त्यसकै छेउमा गएर रात बिताउँ कि झै लाग्थ्यो । पारीजातलाई अंग्रेजीमा जस्मीन भन्ने गरिन्छ । मानिसहरू जस्मीन तेल र जस्मीन सेण्ट प्रयोग गर्नुको कारण पनि यसको बासना आउने गरी बनाएकोले हो । यस फूललाई दुखित फूल भनेर पनि चिन्ने गर्छन् मानिसहरू । कारण स्पष्ट छ कि यसले आफ्नो कामको प्रभाव जति राम्रो भए पनि सिमित व्यक्ति बाहेक धेरैलाई प्रदान गर्न सक्दैन । पारीजातको फूलको बारेमा कि त फूल फूलाउने धर्तीलाई थाहा हुन्छ कि त मालीलाई । कि त भने मजस्तो पारीजातकै छेउमा बास्न बस्नेलाई मात्र । यो फूल मात्र यस्तो फूल होला, जसलाई मानिसले कसैप्रति समर्पित गर्नका लागि टिप्नु प¥यो भने रूखबाट होइन कि भूइबाट टिप्नु पर्ने हुन्छ ।

कतिपय मानिसहरू पनि पारिजातजस्तै हुन्छन् । काम त राम्रो गरिरहेका हुन्छन् तर कामको प्रभावमा मानिसहरूलाई पार्न सकिरहेका हुँदैनन्। उनीहरूले राम्रो काम गरे पनि उनीहरूको मूल्यांकन र गुनगान गाउनु पर्ने मानिसहरूले उनीहरूलाई चिन्दैनन् । त्यस्ता पारिजातजस्ता मानिसहरू आफ्नै कार्यथलोमा रमाएर काम गर्दागर्दै जीवन बिताउँछन् । काम गर्ने क्रममा कसैसँग आफ्नो कामको प्रसंशा आफैँले गरेर सम्प्रेषण गर्न पनि उनीहरूको मनले मान्दैन । विद्यालयतिर जाँदा कति यस्ता पारिजातजस्ता शिक्षकहरू भेटेको छु मैले, जसले आफ्नो
विद्यालय र विद्यार्थीहरूमा राम्रो प्रभाव छोड्न सफल भएका छन् तर उनीहरूले गरेको कामको ब्याज अरु कसैले प्रयोग गरेर आफ्नो प्रभाव कथित किसिमबाट बढाउने काम गरिरहेका हुन्छन् । पारिजात अर्को अर्थमा भन्नु पर्दा यो त्यस्तो सुमधुर सम्बन्ध र प्रेमजस्तो रहेछ जुन सम्बन्ध र प्रेम दुवै पक्षले चाहदाचाहदै पनि छोटो समयमै आफ्नो मीठो छाप छोडेर हराइहाल्दोरहेछ ।

पारिजातसँग यसरी परिचित हुने मौका मैले बर्दियामा काम गर्दा पाएको थिएँ । मेरो लागि यसलाइ सौभाग्य नै भन्छु मैले । यसपटक बर्दिया राष्ट्रिय निकुञ्जमा जाँदा पनि केही वनस्पति र जनावरहरूसँग परिचित हुने अवसर जु¥यो । त्यसो त यो निकुञ्जमा जंगल सफारी गरेको यो अवसर नै पहिलो नभइ पाँचौं हो जस्तो लाग्छ । यसपटक हामीसँग गएका गाइड केशब हमालले हामीलाई रोकेर गाडीबाट झारे र एउटा रूखलाई हातले इसारा गर्दै भने– यो रूखलाई हातले स्पर्श गर्ने हो भने यसका पातहरू हल्लिन्छन् । उनले उक्त रूखको फेदमा स्पर्श गरे, त्यत्तिबेला रूखका पातहरू हल्लिएको हामीले पनि देख्यौँ । हामीले स्पर्श गर्दा पनि त्यस्तै भयो । उनले यस रूखलाई काउकुति रूख ९त्ष्अपभि त्चभभ० भन्ने गरिन्छ पनि भने । निकुञ्जमा अर्को ठाउँमा पनि यस्तो रूख भेटिएकोमा धेरै मानिसले धेरै पटक छोएकै कारणले मरिसकेको कुरा पनि हाम्रो गाइड हमालजीबाट जानकारी भयो । मानिस पिडामा हुँदा मानिसले समभाव र हार्दिकता देखाउनुको सट्टा फोटो खिचेर सामाजिक सञ्जालमा भाइरल हुने चक्कर चलिरहेको समयमा यो बिरुवाले यसरी हार्दिकता र समभाव प्रकट गरेको देख्दा छक्क मात्र होइन तीन छक्क परियो ।

केही झार र फूलहरू हामी सबैजसोले देखेको पनि छौँ र तिनको बारेमा सुनेका पनि छौँ । जस्तो कि हामीकहाँ पाइने लाजवन्ती अर्थात लज्जावति झारलाई नमूनाको रूपमा लिन सकिन्छ । यसलाई छोएपछि यसका पातहरू लज्जाबोध गरेझै गरी खुम्चिएर एकअर्कामा जोडिन्छन् ।मानिसले छोएमा मात्र होइन कि रातमा स्वभावैले त्यस्तो गर्ने र बिहान हुँदा फेरि खुलेर अर्थात फक्रिएर आउने गर्छन् । कतिपयले यसलाई मानिसको निदाउने स्वभावसँग तुलना गर्दै यो झारलाई पनि निदाएको अवस्था भनेर बुझ्ने गर्दछन् । कतिपयले भने यसको यो अवस्थालाई कछुवा असुरक्षित हुँदा आफ्नो कभरभित्र लुकेझै यसले पनि आफूलाई सुरक्षित राखेको हो भनेर व्याख्या गर्ने गरिएको पाइन्छ । एउटा यस्तै स्वभावको अर्को फूल पनि हुन्छ, जसलाई भेनस फ्लाइट्रयाप अर्थात मांसहारी फूल भनेर पनि चिनिन्छ । यो फूलले आफूलाई नाइट्रोजन आवश्यक परेको अवस्थामा आफ्नो रस खानका लागि आउने किरा, फट्याङ्ग्राहरूलाई फूलमा बस्ने बित्तिकै फूलका पत्रहरूलाई खुम्च्याएर छोप्छ । किराफट्याङ्ग्रालाई लाग्छ, मैले फूल खाइरहेको छु, तथापि त्यस्तो अवस्थामा फूलले किराफट्याङ्ग्रालाई खाइरहेको हुन्छ । प्रेमको पासोमा परेर इहलीला सकिएको प्रेमीको जस्तो हुन्छ यस्तो फूलको फन्दामा पर्ने किराफट्याङ्ग्राहरूको जीवन ।

राष्ट्रिय निकुञ्जमा हुने लहराजन्य वनस्पतिहरूलाई नियाल्दा पनि एउटा अनौठो एकरुपता देखियो, जो सबै एकैतिर अर्थात बायाँतिरबाट मोडिएर माथितिर चढिरहेका देखिन्थे । दर्जनौँ रूखमा चढेका लहराहरूलाई अवलोकन गर्दा पनि ती सबै लहराहरू बायाँतिरबाट फन्को मारेर नै माथितिर चढिरहेका थिए । केशव हमालजीबाट यसलाई लेफ्ट ह्याण्ड भेन भनिन्छ र यसको नामजस्तै सधैँ बाँयातिरबाट मात्रै मोडिएर माथितिर चढ्छ भन्ने कुराको जानकारी भयो । थप अध्ययन गर्दा यो पनि बोध भयो कि संसारमा जति पनि लहराजन्य वनस्पतिहरू छन् ती सबैलाई वनस्पतिविद्हरूले लेफ्ट ह्याण्ड भेन र राइट हयाण्ड भेन भनेर दुई किसिमबाट वर्गीकरण गरेका छन् । एउटा कुनै जातको लहराजन्य वनस्पति संसारको जुनसुकै कुना र स्थानमा लिएर रोपेपनि त्यसले आफ्नो साइड बिराउँदैन भन्ने कुरा बोध हुँदा झनै अनौठो लाग्यो । प्रकृतिको उपज भएर पनि प्रकृतिको नियम नमान्ने मानिस मात्रै रहेछ भन्ने लाग्यो । अरु सबैले प्रकृतिको नियम मान्दा रहेछन् । मान्छे मात्र यस्तो प्राणी रहेछ, कसैले कुन तन्त्र मन पर्छ कसैलाई कुन तन्त्र । मानिस ऊ आफू ठिक छैन, अनि दोष दिन्छ तन्त्रलाई । त्यही भएर जुन तन्त्र आएपनि मानिसकै खराबीका कारणले तन्त्रपनि खराब हुन्छ ।

यसपटकको जंगल सफारीको क्रममा पटकपटक केही थान चित्तल र त्यो सँगै रहेको लङ्गुर बाँदर पनि देखियो । लङ्गूर बाँदर आफ्नो बाँदरको समूहमा नबस्दो रहेछ बरु चित्तलहरूसँग सँगसँगै रहन रहर गर्दोरहेछ । बुझ्दै जाँदा रहर मात्र होइन त्यसले केही जिम्मेवारी पनि इमानदारीपूर्वक पूरा गर्दोरहेछ । चित्तल अर्थात हरिणहरू आफ्नै धुनमा चरिरहेको बेला कतैबाट बाघ आयो भने लङ्गूरले कराउँदै र यो हाँगा र त्यो हाँगा गरेर संकेत गर्दोरहेछ । अनि कुरा बुझेर चलाखीपूर्वक आफ्नो बाटो लाग्दा रहेछन् चित्तल र हरिणहरू । जीवनमा कति गुन लगाउँदो रहेछ लङ्गुरले चित्तल र हरिणहरूलाई ! हाम्रो पहाडतिर यसलाई गुनो बाँदर भनेर पनि चिन्ने गर्छन्, त्यही भएर रहेछ । मैले हमालजीसँग ‘यो सेवा गरेवापत चित्तल र हरिणबाट लङ्गूरले के पाउँछ त ?’ भनेर सोधेँ । यसको जवाफ आएन हमालजीबाट । मैले आफैँसँग सोधेँ– ‘सबैले सेवा लिनका लागि नै सेवा दिँदैनन् मनुष्य । कसैले निस्वार्थ सेवा पनि गर्दछन् । त्यस्तो वर्गमा एकाध मानिसहरू पनि पर्दछन् जसरी जनावरहरूमा लङगूर पर्दोरहेछ ।’ चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी गर्ने हरेक पर्यटकहरूको उद्देश्य बाघको अवलोकन हुने गर्दछ । हाम्रो पनि त्यस्तै थियो । अनुभव र छलफलबाट बोध भयो कि हामीले बाघ नदेख्नुमा कारणको रूपमा बाघले हामीलाई देख्नु रहेछ । बाघले हामीलाई देख्यो भने ऊ हामीबाट नदेखिने गरी लुकेर बस्दोरहेछ । उसलाई एकान्त र शान्त वातावरण मन पर्दोरहेछ । बाघलाई मानिस कता कता हिड्छ भन्ने प्रष्ट जानकारी हुन्छ । त्यसैले त्यस्ता ठाउँमा बाघ यदाकदा बाटो काट्दा निमेषभरका लागि देखिए पनि अन्यथा त्यस्तो बाटोमा रातीको समयमा हिडे पनि दिउँसोको समयमा बाघ नहिड्दो रहेछ ।

हामीले टाढैबाट प्रष्ट देखिने रातो वा सेतो कपडा लगायौँ भने पनि बाघलाई लुक्न सजिलो हुँदोरहेछ । यस्तैमा टाढाको बुट्यानमा छाँया परेकोले होला कालोजस्तो देखिएको वस्तुलाई इसारा गर्दै गाइडले ‘बाघ हेर्नुहोस्’ भने । मैले बसेको कालो जीव त देखिनतर त्यो जीव उठेर लम्किदै नदेखिने स्थानतिर लाग्दा भने पछाडिको भाग देख्न पुगे । कालो जीवलाई बाघ देखे भनेर हर्षउल्लासको भावना मनमा आउन नसके पनि त्यसको हिडाइ र लम्काइमा देखिएको भद्रता र सालीनताबाट बाघ नै हो भन्ने कुरा मलाई पनि विश्वास लाग्यो । बुझ्दै जाँदा बोध भयो कि बाघ लजालुका साथै एकान्तप्रिय र शान्तिप्रिय प्राणी हो । उसले हप्तामा एकपटक सिकार गरे पुग्छ । वयस्क बाघले एकपटकको सिकारमा उसले ३५ देखि ४० केजीसम्म मासु खाने गर्दछ । यसको मतलब उसले वर्षमा ५० जति जनावरको सिकार गर्दछ । बाघ हामीजस्तो लोभीपापी पनि हुँदैन । उसले अघाएको मौकामा जनावरहरू नजिक आए पनि सिकार गर्दैन । सुरक्षामा संकट देखियो भने जतिबेला पनि आक्रमण गर्न सक्छ । डमरुहरूसँग भएको पोथी बाघ भने भालेभन्दा हिंस्रक देखिन सक्छ । यसको कारण, आफ्नो साथै डमरुका लागि समेत सिकारको जोहो गर्नुपर्ने र डमरुलाई अरुबाट सुरक्षित गर्नु पर्ने रहेछ । भाले बाघले आफ्नै बच्चालाई आक्रमण नगर्ने रहेछ, यसको कारण बाघले पनि मानिसले झै आफ्नो बंश बढाउन चाहदोरहेछ । आफ्नो बाहेक अन्य बाघको बच्चा भेटायो भने बाघले मार्ने र सिकार गर्ने गर्दोरहेछ । यसो गर्नुमा अरुको बंश घटाउने र डमरु नभएपछि पोथी बाघ यौन कार्यका लागि परिपक्व हुने कारणहरू हुँदा रहेछन् ।

बाघले कम्तिमा आफ्ना बच्चाहरूलाई आफूलाई स्याहार नगरे पनि संहार भने नगर्दोरहेछ । मानिसले त आफ्नै सन्तानहरूको समेत हत्या गर्न पछि पर्दैन । कतै हामी नै बाघभन्दा बढी हिंस्रक त छैनौँ ? यसतर्फ पनि गम्भिर हुनुपर्छ कि ! बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य राखिएकोमा नेपालले दोब्बर भन्दा बढि बनाएकोमा अन्तर्राष्ट्रिय स्तरबाट पुरस्कार र सम्मान पनि पाएको छ । यसमा पनि बर्दिया राष्ट्रिय निकुञ्जले यी सफलता र सम्मानहरूमा अग्रभागमा देखिन्छ । बर्दिया राष्ट्रिय निकुञ्जकै कारण नेपालमा सन् २०१० मा १२१ को सङ्ख्यामा रहेका बाघहरू सन् २०२२ मा आएर ३५५ पुगेको अवस्था छ । बाघ बढ्नु स्वाभाविक हो तर यसले मानिसलाई पु¥याउने क्षतितर्फ पनि गम्भीर हुनु त्यत्तिकै जरुरी देखिन्छ । एउटा बाघको लागि न्यूनतम ६० वर्ग किमि क्षेत्रफल चाहिने र बर्दियाको निकुञ्जको क्षेत्रफल ९६८ वर्ग किमि मात्र देखिएकोले यो निकुञ्ज त पन्ध्र सोह्र वटा बाघको निम्ति मात्र पर्याप्त हो कि ! जब कि यहाँ १२५ भन्दा बढी बयस्क बाघहरू छन् । यसतर्फ पनि गम्भिर हुनुपर्छ कि ! यसका साथै काउकुतिजस्ता मानवीय सम्वेदनाको झल्को दिने बिरुवाहरूको पर्यटकीय हिसाबले समेत संरक्षण र विकासका निम्ति पनि सरकार लगायत हामी सबैले सक्रियता देखाउनु आवश्यक छ कि जस्तो पनि लाग्छ । हामीले पनि अनुशासित हुनका लागि बाघ, लङ्गूर लगायत लहराजन्य वनस्पति र पारिजातलगायत प्रकृतिबाट पनि केही कुरा सिक्नु पर्छ कि ! बाँकी जो हजुरहरूको मर्जी !

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २० गते बिहीबार