विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौँ ।

विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि थप तीन दिन म्याद थपको अनुमति दिएको हो ।

पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए । विशेष अदालतले यसअघि असार ८ देखि लागू हुने गरी सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।  अदालतले दिएको उक्त म्याद असार १४ गते सकिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १५ गते सोमबार