बाँकेको नेपालगञ्जबाट प्रहरीले करिब ३० लाख नगदसहित १० जना जुवाडे पक्राउ गरेको छ ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रबाट २९ लाख ४८ हजार ७०० सय नगदसहित १० जना जुवाडेलाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेका ब्यक्तिहरु नेपालगन्ज क्षेत्रका ‘हाइप्रोफाइल’ ब्यक्तिहरु रहेको बताइएको छ।
यति ठूलो परिमाणको नगदसहित बाँकेमा जुवाडे पक्राउ परेको सम्भवत यो पहिलो भएको बाँके प्रहरीको दाबी छ। पक्राउ परेका ‘हाइप्रोफाइल’ व्यवसायी जुवाडेहरुको नाम बाँके प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको छ ।
उनीहरुलाई के कारबाही हुने भन्नेबारे भने बाँके प्रहरीले केही पनि खुलाएको छैन ।
जुवाको खालबाट पक्राउ पर्नेहरु
१. जिल्ला बाँके ने.ग.उ.म.न.पा. वडा नं. ४ बस्ने सन्तोष थापा
२. ऐ. ऐ. वडा नं. ६ बस्ने मेघनाथ कुचबन्दिया
३. ऐ.ऐ. वडा नं. ४ बस्ने नविन घिमिरे
४. ऐ.ऐ. वडा नं. १० बस्ने टोप बहादुर शाही
५. ऐ.ऐ. वडा नं. ४ बस्ने पब्लु भण्डारी
६. ऐ. ऐ. बस्ने तरुण गौतम
७. ऐ.ऐ. वडा नं. ७ बस्ने रविन राणा
८. ऐ.ऐ. वडा नं. ४ बस्ने सन्तोष वली
९. ऐ.ऐ. बस्ने कृष्ण बहादुर सुवेदी
१०. ऐ.ऐ. वडा नं. १ बस्ने रहमान मिया










प्रतिक्रिया दिनुहोस्