बर्दियाको बारबर्दिया वडा नम्बर–८ औरीकी एक बालिका मृत फेला परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार ती बालिका बारबर्दिया नगरपालिका वडा नम्बर–९ स्थित बबई सिँचाइ आयोजनाको नहरभित्र मृत अवस्थामा फेला परेकी हुन् ।
बर्दियाका प्रहरी निरीक्षक चक्रबहादुर डम्बरपालले नहरको अन्डरग्राउण्डभित्र बालिका मृत फेला परेको जानकारी दिए । उनका अनुसार मृत फेला पर्नेमा औरीकी ६ वर्षीय देवीका खनाल रहेकी छिन् ।
बालिका पुस ३ गते घरबाटै हराएकी थिइन् । छोरी हराएको भोलिपल्ट बालिकाका बुवा बिष्णु खनालले प्रहरीचौकी कर्तनियामा खोजतलासका लागि जानकारी गराएका थिए ।
बालिकाको खोजतलासका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले बुधबार मृत अवस्थामा फेला पारेका हुन् । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रकाशित मिति : २०७८ पुस ८ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्