जाजरकोट ।
जाजरकोटबाट सात किलो बढी अफिमसहित दुई युवा पक्राउ परेका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका– १ बैरिया बजारका ३८ वर्षीय दिपक कुमाल र जाजरकोटको कुशे गाउँपालिका–५ दम्दलाका २४ वर्षीय जयबहादुर वर पक्राउ परेका छन् ।
जाजरकोटका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक एक्कबहादुर नेपालीका अनुसार शनिबार दिउँसो उनीहरू होटेलबाट पक्राउ परेका थिए । जिल्लाको छेडागाड नगरपालिका – ५ थलबजारस्थित महेन्द्र साल्मी होटेलबाट उनीहरू पक्राउ परेका थिए ।
होटेलको कोठा भाडामा लिएर बस्दै आएका दुई जना युवाले लागुऔषधको अबैध कारोबार गरि रहेको भन्ने गोप्य सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।
उनीहरू बसेको कोठा खान तलासी गर्दा ७ किलो ३० ग्राम लागूऔषध अफिम फेला परेको प्रहरी निरीक्षक नेपालीले जानकारी दिए । पक्राउ परेकाहरू माथि लागूऔषध सम्बन्धि मुद्दा चलाउने गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।









प्रतिक्रिया दिनुहोस्