भायानेटले ल्यायो नयाँ इन्टरनेट प्याकेज



काठमाडौँ ।

इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्न अत्याधुनिक ‘वाइफाइ ६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । प्रयोगकर्तालाई गतिको नयाँ अनुभव प्रदान गर्दै समग्र कनेक्टिभिटीमा व्यापक सुधार ल्याउने उद्देश्यले यो सेवा बजारमा ल्याइएको हो ।

आजको डिजिटल युगमा घरभित्र धेरै उपकरणहरू एकैसाथ चलाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै यो प्रविधि डिजाइन गरिएको कम्पनीको भनाइ छ । पुरानो प्रविधिको तुलनामा ४ गुणा बढी कार्यक्षमता प्रदान गर्ने भएकाले यसले लेटेन्सी लाई न्यूनतम स्तरमा झार्दछ । फलस्वरूप, घरमा एकै समयमा धेरै व्यक्तिले मुभी स्ट्रिमिङ, अनलाइन गेमिङ र अफिसको काम गर्दा पनि कुनै प्राविधिक कठिनाइ महसुस हुने छैन ।

भायानेटले ग्राहकहरूका लागि २५० एमबिपिएसदेखि ६०० एमबिपिएससम्मका उच्च गतिको ‘वाइफाइ ६’ प्याकेजहरू उपलब्ध गराएको छ ।
जसमध्ये २५० एमबिपिएस गतिको वार्षिक योजना मात्र १३ हजार ८०० रूपैयाँ (भ्याट सहित)मा प्राप्त गर्न सकिनेछ । यस आकर्षक अफरअन्तर्गत वार्षिक ग्राहक बन्नेहरूले थप १ महिनाको इन्टरनेट सेवा निःशुल्क प्राप्त गर्नेछन् ।

साथै, घरभरि समान रूपमा इन्टरनेट सिग्नल पु¥याउन कम्पनीले ३ हजार ५०० रूपैयाँ (भ्याट सहित)मा ‘वाइफाइ ६ मेस’ राउटरको विकल्प पनि अघि सारेको छ । साधारण राउटरले बाक्लो भित्ता वा ठूलो क्षेत्रफल भएका घरका सबै भागमा सिग्नल पुरÞ्याउन नसक्ने समस्यालाई यस मेस सिस्टमले समाधान गर्नेछ । पुराना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै भायानेटले अपग्रेड प्रक्रियालाई निकै सहज र किफायती बनाएको छ ।

विद्यमान प्रयोगकर्ताले मात्र ५०० रूपैयाँको न्यून शुल्कमा आफ्नो पुरानो राउटरलाई नयाँ वाइफाइ ६ ओएनयूमा परिवर्तन गर्न सक्नेछन् । यस सहुलियतले नयाँ पुस्ताको इन्टरनेट प्रविधिमा पहुँच बनाउन सबैलाई सहज हुने कम्पनीको विश्वास छ । ४के भिडिओ स्ट्रिमिङदेखि बिना रोकावटको अनलाइन गेमसम्म, आधुनिक घरका हरेक मागलाई भायानेट वाइफाइ ६ ले सहजै पुरा गर्ने सामथ्र्य राख्ने कम्पनीको भनाइ छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १२ गते बिहीबार