दोधारा चाँदनी (कञ्चनपुर)।
कञ्चनपुरमा कुकुरको टोकाइबाट एकै दिन १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४ स्थित बजारका विभिन्न स्थानमा कुकुरको टोकाइबाट १७ जना घाइते भएका हुन् ।
प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले घाइतेहरूको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको जानकारी दिए । उक्त कुकुरलाई नियन्त्रणमा लिएर भेटिनरी अस्पतालमा बुझाइएको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति : २०८२ चैत १ गते आइतबार









प्रतिक्रिया दिनुहोस्