
बर्दिया १ मा रास्वपाका ठाकुरसिंह थारु निर्वाचित भएका छन् । थारु ४९ हजार ६ सय ३१ मत ल्याएर निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी एमालेका शालिकराम अधिकारीलाई ३४ हजार ९ सय ८८ मतान्तरले पराजित गरेका छन् ।
अधिकारीले १४ हजार ६ सय ४३ मत ल्याउँदा सोही क्षेत्रमा उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री सन्जय गौतमले भने १२ हजार सात सय २२ मत मात्रै पाएका छन् ।
२०७९ को निर्वाचनमा गौतमले ३० हजार ६ सय ११ मत ल्याएर निर्वाचित हुँदा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार रहेका थारुले २३ हजार नौ सय ९३ मत पाएका थिए । यसपटक त्यसबेलाको भन्दा दोब्बर बढी मत ल्याएर थारु निर्वाचित भएका छन् ।
२०५६ सालदेखि नै बाम राजनीतिमा संलग्न भएका थारु पूर्व पत्रकारसमेत हुन् । उनी २०७९ मा निर्वाचनअघि नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भएर उम्मेदवार भएका थिए । ५१ वर्षका थारु कानुन व्यवसायी समेत हुन् ।








प्रतिक्रिया दिनुहोस्