बित्थडचिर गाउँपालिकाले जन्ती बस दुर्घटना मृतक परिवारलाई एक/एक लाख राहत दिने



बैतडी ।

बझाङको बित्थडचिर गाउँपालिकाले बस दुर्घटनामा परी मृत्यु भएका परिवारलाई एक लाखका दरले क्षतिपूर्ति दिने भएको । गाउँपालिकाले एक सूचना जारी गर्दै मृतकका परिवारलाई एक लाखका दरले क्षतिपूर्ति दिने जनाएको छ ।

बिहीबार साँझ बैतडीको पुर्चौडी नगरपालिका– ७ भौनीबाट जन्ती लिएर बझाङ फर्किने क्रममा सुपप्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना भएको थियो ।दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने अन्य ३४ जना घाइते छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २३ गते शुक्रबार