भदौमा जेन–जी प्रदर्शनका क्रममा सिंहदरबारमा आगजनी गर्ने र अरुलाई पनि आगजनी गर्न उकासेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।चितवन खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्दै आएका ३६ वर्षीय महेन्द्र गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

गौतममाथि प्रदर्शनका बेला भिडलाई उत्तेजित बनाउने, आगजनीका लागि उक्साउने तथा आपराधिक उपद्रवसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोप छ । सोही कसूरमा अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्