डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) ले दक्षिण सुडानको जोङ्लेई राज्यमा दुई लाख भन्दा बढी मानिसहरूलाई स्वास्थ्य सेवा दिईरहेको एक अस्पतालमा हवाई आक्रमण भएको बताएको छ । आक्रमणको क्रममा अस्पतालको मुख्य गोदाम नष्ट भएकाले चिकित्सा सेवा उपलब्ध गराउनका लागि अधिकांश सामाग्रीहरु गुमाएको एमएसएफले बताएको छ ।
दक्षिण सुडानको सशस्त्र बलको सरकार देशमा हवाई आक्रमण गर्ने क्षमता भएको एक मात्र सशस्त्र दल भएको सङ्गठनले विज्ञप्ति मार्फत स्पष्ट पारेको छ ।संयुक्त राष्ट्रसंघका अनुसार दक्षिण सुडानमा महिनौँदेखि चलिरहेको द्वन्द्वले देशमा गृहयुद्धको पुनरुत्थानको डर बढाएको छ ।

इथियोपियाको सिमानामा देशको पूर्वमा अवस्थित जोङ्लेईमा टुलो लडाइँ भएको छ, जहाँ सरकारी फौजले सुडान पिपुल्स लिबरेसन आर्मीका वफादार लडाकुहरूको आक्रमण रोक्न खोजिरहेका छन् ।लन्किएनको अस्पतालमा भएको हवाई आक्रमणमा यसका एक जना स्टापलाई सामान्य चोट लागेको संगठनले बताएको छ । सम्भावित आक्रमणको सूचना पाएपछि केही घन्टा अघि नै अस्पताल खाली गरी बिरामीहरूलाई डिस्चार्ज गरिएको जनाइएको छ । सन् २०१३–२०१८ मा दक्षिण सुडानमा भएको गृहयुद्धमा करिब ४ लाख मानिसको ज्यान गएको थियो ।









प्रतिक्रिया दिनुहोस्