चीनको प्रमुख राष्ट्रिय वायुसेवा कम्पनी एयर चाइनाले सन् २०२६ को यात्रा अवधिमा ७० हजारभन्दा बढी उडान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो सङ्ख्या सन् २०२५ को सोही अवधिको तुलनामा १०.१ प्रतिशतले वृद्धि भएको हो, जसले घरेलु तथा अन्तर्राष्ट्रिय हवाई यात्राको बढ्दो मागलाई प्रतिबिम्बित गर्दछ ।

एयर चाइनाले चीनका प्रमुख आर्थिक तथा जनघनत्वयुक्त क्षेत्रहरूबीच उडान सेवा थप सुदृढ गर्ने जनाएको छ । बेइजिङ–तियान्जिन–हेबेई क्षेत्र, याङ्त्से नदी डेल्टा, ग्वाङडोङ–हङकङ–मकाउ ग्रेटर बे एरिया तथा छेन्दु–छोङछिङ क्षेत्रजस्ता सहर समूहहरूलाई केन्द्रमा राख्दै उच्च आवृत्तिका उडान सञ्चालन गरिनेछ । यसले व्यापार, पर्यटन तथा पारिवारिक यात्रालाई सहज बनाउने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार उत्तरपूर्वी चीनतर्फका उडानमा यात्रु क्षमता गत वर्षको यात्रा अवधिको तुलनामा १५ प्रतिशतले वृद्धि गरिनेछ ।









प्रतिक्रिया दिनुहोस्