कैलाली ।
धनगढी जुनियर जेसीजको नयाँ नेतृत्व चयन गरिएको छ । सन् २०२६ को कार्यकालका लागि कृष्ण पुजाराको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरिएको हो । युवाहरूको व्यक्तित्व र नेतृत्व विकासमा सक्रिय संस्था धनगढी जुनियर जेसीजको अध्यक्ष पदमा कृष्ण पुजारा चयन भएका छन् ।
सन् २०२२ मा साधारण सदस्यका रूपमा संस्थामा आबद्ध भएका पुजाराले विभिन्न जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्दै नेतृत्व तहमा पुग्न सफल भएका हुन । पुजाराले यसअघि सन् २०२३ मा कोषवृद्धि संयोजक, २०२४ मा उपाध्यक्ष र २०२५ मा महासचिवको रूपमा कार्यसम्पादन गरिसकेका छन् ।
उनको लगनशीलता र संगठनप्रतिको समर्पणलाई मूल्यांकन गर्दै संस्थाले सन् २०२६ का लागि उनलाई अध्यक्षको जिम्मेवारी सुम्पेको हो । पुजाराको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिको कार्यकारिणी उपाध्यक्ष योगेन्द्र चन्द र दिपा चन्द, उपाध्यक्ष राम रोकाया, ममता तोलाङ्गी, लक्ष्मण उपाध्याय र सिर्जना विश्वकर्मा महासचिव पदम साउद कानुनी सल्लाहकार सन्ध्या सिंह स्नेही कोषाध्यक्ष अनिश जोशी रहेका छन् ।
धनगढी जुनियर जेसीजले समाजमा शिक्षा, स्वास्थ्य, सरसफाइ, रक्तदान र युवा सशक्तीकरण जस्ता क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ । नवनिर्वाचित अध्यक्ष पुजाराले आफ्नो कार्यकालमा समाजमुखी र दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन गर्दै संस्थालाई थप उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे । युवाहरूलाई सेवा र सकारात्मक सोचतर्फ प्रेरित गर्दै धनगढी जुनियर जेसीजलाई एक उदाहरणीय संस्थाको रूपमा अघि बढाउने लक्ष्य नयाँ कार्यसमितिले लिएको छ ।









प्रतिक्रिया दिनुहोस्