यसअघि केही नयाँ र पूराना राजनीतिक दलहरूले समानुपातिकतर्फ प्रस्तुत गरेका उम्मेदवारहरूको सूचीमा पनि जेनजी आन्दोलनको भावना समेटिएको देखिए पनि ती नामहरू अधिकांशतः राजनीतिक पहुँच भएकै व्यक्तिहरू थिए । प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशबाट ५८ जना जेनजी पुस्ताका उम्मेदवार बनेका छन् । उम्मेदवारहरूमध्ये दुई जना महिला र ५६ जना पुरुष छन् । निर्वाचन आयोगका अनुसार ४१ जना स्वतन्त्र र १२ राजनीतिक दलबाट १७ जना जेनजी पुस्ताका उम्मेदवार बनेका हुन् ।
अजयकुमार साह । धनुषा ।
मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेको ‘जेनजी’अर्थात् नयाँ पुस्ताको राजनीतिक चेतनालाई आंशिक रूपमा प्रतिविम्बित गरेको छ । विशेषगरी गत भदौमा भएको नवयुवाको आन्दोलनपछि राजनीतिमा उनीहरूको प्रत्यक्ष हस्तक्षेप बढेको छ । मधेस प्रदेशमा पनि त्यो अनुभूत भएको छ । जेनजी अभियानकर्मीहरूका अनुसार यो प्रतिनिधित्व पूर्ण रूपमा सन्तोषजनक भने छैन ।
उनीहरू भन्छन्, ‘सूचीमा केही युवा नाम देखिनु सकारात्मक संकेत हो, तर अझै पनि पहुँच र प्रभाव भएकाहरू नै प्राथमिकतामा परेको अनुभूति हुन्छ ।’ यसअघि केही नयाँ र पूराना राजनीतिक दलहरूले समानुपातिकतर्फ प्रस्तुत गरेका उम्मेदवारहरूको सूचीमा पनि जेनजी आन्दोलनको भावना समेटिएको देखिए पनि ती नामहरू अधिकांशतः राजनीतिक पहुँच भएकै व्यक्तिहरू थिए । प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशबाट ५८ जना जेनजी पुस्ताका उम्मेदवार बनेका छन् ।
उम्मेदवारहरूमध्ये दुई जना महिला र ५६ जना पुरुष छन् । निर्वाचन आयोगका अनुसार ४१ जना स्वतन्त्र र १२ राजनीतिक दलबाट १७ जना जेनजी पुस्ताका उम्मेदवार बनेका हुन् । जेनजी पुस्ताका उम्मेदवारको सङ्ख्या कम भए पनि स्थानीय राजनीतिक इतिहासका हिसाबले महत्वपूर्ण मानिन्छ । उज्यालो नेपाल पार्टी र जनमत पार्टीले तीनतीन जना जेनजी पुस्ताका युवालाई उम्मेदवार बनाएको छ भने श्रम संस्कृति पार्टीले दुई जनालाई खडा गरेको छ ।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), आम जनता पार्टी (एकल चुनाव चिह्न), जनअधिकार पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, नेपालका लागि नेपाली पार्टीले एकएक जना जेनजी पुस्ताका युवालाई उम्मेदवार बनाएको छ । उज्यालो नेपाल पार्टीले सिरहा क्षेत्र नम्बर ३ बाट २६ वर्षीय श्रवण पासवान, महोत्तरी क्षेत्र नम्बर १ बाट २८ वर्षीय मनोजकुमार गुप्ता र रौतहट क्षेत्र नम्बर २ बाट २५ वर्षीय रामाकान्तप्रसाद पटेललाई उम्मेदवार बनाएको छ ।
जनमत पार्टीले महोत्तरी क्षेत्र नम्बर १ बाट २७ वर्षीय वीरेन्द्र महतो, रौतहट क्षेत्र नम्बर २ बाट २८ वर्षीय सोनु कुशवाहा र रौतहट क्षेत्र नम्बर ४ बाट २८ वर्षीय राम कल्याण राउतलाई उम्मेदवार बनाएको छ । श्रम संस्कृति पाटीले सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट २६ वर्षीय पङ्कजकुमार ठाकुर र पर्सा क्षेत्र नम्बर १ बाट २८ वर्षीय वसिम शेषलाई उम्मेदवार बनाएको छ ।
नेकपा एमालेले पूर्वसांसद शिवपुजन यादवको छोरा २७ वर्षीय अमनिशकुमार यादवलाई सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनाएको छ । यो क्षेत्रबाट नेपाली काँग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं पूर्वप्रतिनिधिसभा सदस्य अमरेश सिंहलगायतका उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तरिम सरकारमा युवा तथा खेलकुदमन्त्री भइसकेका २८ वर्षीय बब्लु गुप्तालाई सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको छ ।
नेकपाले बारा निर्वाचन क्षेत्र नम्बर ४ मा २७ वर्षीय अजय कुशवाहालाई खडा गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा २७ वर्षीय अजयकुमार दास, नेपाल मजदुर किसान पार्टीले सप्तरी २ बाटै निलम कुमारीयादवलाई प्रत्याशी बनाएको छ । समाजशास्त्री नीलबहादुर लुम्रेको अनुसार यी युवा उम्मेदवारको साझा विशेषता ‘पूराना राजनीतिक दलकाशैलीप्रति असन्तुष्टि र नयाँ सोचसहितको हस्तक्षेप हो’ ।
सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र स्थानीय विकासलाई प्रमुख एजेन्डा बनाउँदै मतदातासामु पुग्नु, सामाजिक सञ्जाल, प्रत्यक्ष भेटघाट र सामुदायिक छलफलमार्फत मतदातासँग सम्पर्कमा रहनु परम्परागत राजनीतिभन्दा फरक अभ्यासमा लाग्नुलाई समाजशास्त्री लुम्रे नवीन मान्छन्। राजनीतिक विश्लेषक शङ्कर महतोका अनुसार जेनजी उम्मेदवारहरूको उपस्थिति जित–हारभन्दा पनि दीर्घकालीन रूपमा राजनीतिक संस्कार परिवर्तनको संकेत हो । ‘यी युवाले जिते वा नजिते पनि उनीहरूको सहभागिताले आगामी निर्वाचनमा अझ बढी युवालाई प्रेरित गर्नेछ’, विश्लेषक महतोले भने ।
मधेसका बाह्र सय ४६ मतदानस्थल अति संवेदनशील
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका कूल दुई हजार १६० मतदानस्थलमध्ये एक हजार २४६ मतदानस्थल अतिसंवेदनशील रहेको जनाइएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल अतिसंवेदनशीलमा वर्गीकरण गरिएका छन् ।
त्यसको अनुगमन तथा सुरक्षाका उपायबारे योजनाबद्ध काम भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले बताए । जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मधेस प्रदेशमा प्रतिनिधिसभाका लागि ३२ वटा निर्वाचन क्षेत्र रहेकामध्ये ७५५ मतदानस्थल संवेदनशील र १५९ मतदानस्थल सामान्य रहेको जानकारी दिइएको छ ।
मधेस प्रदेशमा कूल चार हजार ४७१ मतदान केन्द्र छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक हजार २८ जना उम्मेदवार छन् । मधेस प्रदेशमा ३५ लाख १७ हजार १२३ मतदाता छन् । जसमा पुरुषको सङ्ख्या १९ लाख पाँच हजार ८१९ र महिलाको सङ्ख्या १६ लाख ११ हजार ३०४ रहेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्