गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाले क्षेत्र नम्बर १ का उम्मदवार सुदन गुरुङमाथि थ्रेट बढेको भन्दै सुरक्षा व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय गोरखासँग अनुरोध गरिएको छ ।रास्वपा गोरखाका सचिव मिलन रानाले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन् ।

‘फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको रास्वपा, गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार सुदन गुरुङ निर्वाचनको लागि घरदैलो कार्यक्रममा रहनु भएको कुरा जानकारीका लागि अनुरोध गर्दछु,’ रानाले प्रजिअलाई लेखेको पत्रमा उल्लेख छ, ‘प्राप्त विभिन्न गोप्य सूचनाअनुसार हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट व्यक्तिगत रुपमा सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको हुँदा आवश्यक पीएसओसहित सुरक्षा व्यवस्था प्रदान गरिदिनुहुन अनुरोध गर्दछु ।’ प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले रास्वपाबाट पत्र प्राप्त भएको र अध्ययन गर्ने काम भइरहेको बताए ।









प्रतिक्रिया दिनुहोस्