हुम्ला ।
जिल्लामा निर्वाचन आचारसंहिता पालन गर्ने सर्वपक्षीय सहमती भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेका निर्वाचन आचारसंहिता पालन गर्न सबै पक्ष सहमत भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको निर्वाचन आचारसंहिताबारे अभिुमखीकरण र यसको कायान्वयनबारे छलफलमा सरोकारवाला पक्षले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
छलफलमा उम्मेदवार, राजनीतिक दलहरू, सुरक्षा निकायका प्रमुख र जिल्लास्थित सञ्चारकर्मीहरूले पुर्णरूपमा आचारसंहिता पालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयसहित र शान्तिपुर्ण रूपमा गराउन रचनात्मक र सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरे ।
छलफलमा सहभागिहरूले सामूहिक निर्णय गर्दै आचारसंहिता पालनमा कुनै पक्षबाट असहयोग भए कानुन अनुसार अगाडी बढ्ने सहमती गरेका हुन् । यसका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पछि नहट्ने कुरामा बैठकमा सहमती भएको थियो । निर्वाचन आचारसंहिता पालन भए नभएको त्यसको जानकारी नागरिक समाजले पनि गर्न मुख्य निर्वाचन अधिकृत बैकुण्ठ बरालले आग्रह गरेका थिए ।
निर्वाचन आयोगले सरोकारवाला पक्षले पालन गर्नुपर्ने निर्वाचन आचारसंहिता छुट्टाछुट्टै रूपमा जारी गरेको छ । निर्वाचन सफल पार्नु सबैको दायित्व भएको कारण लागू भएका निर्वाचन आचारसंहिता पालन गर्नु पनि सरोकारवाला पक्षको दायित्व भएको पत्रकार महासंकी उपाध्यक्ष छपाल लामाले बताइन् ।
बैठकमा सहभागी निर्वाचनमा भाग लिएका राजनीति दलहरू र उम्मेदवारहरूले साझा स्वरमा निर्वाचन आचारसंहिता अक्षरस पालन गर्ने प्रतिबद्धता आउनु सकारात्मक पक्षका रूपमा लिइएको छ । विशेष परिस्थितीको निर्वाचन भएको कारण नवयुवाको भावना कदर गर्न पनि निर्वाचन सफल पार्नेतर्फ सबै पक्ष लाग्नुपर्ने बैठकका सहभागिले बताएका थिए ।
छलफलमा नेपाली काँग्रेसबाट उम्मेदवार रहेका जयपति रोकाया, एमालेका दलबहादुर फडेरा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छक्क बुढा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट डाक्टर दिपेन्द्र रोकाया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टासी लाङ्जोम, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का कुम्भ बुढा र प्रगतिशील लोकतान्त्रिक पार्टीका जटिल कार्कीले आचारसंहिता पालनामा प्रतिबद्धता जनाएका थिए ।









प्रतिक्रिया दिनुहोस्