अमेरिकामा हिउँदे आँधीको असरः लाखौं परिवार प्रभावित हुने सम्भावना



अमेरिकाको पूर्वी क्षेत्रका दुई–तिहाइ भूभागमा शक्तिशाली हिउँदे आँधीको पूर्वानुमान गरिएसँगै करोडौं मानिस विद्युत् आपूर्ति अवरुद्ध हुने र घर तताउने सुविधा गुम्ने जोखिममा परेका छन् ।

दक्षिण क्यारोलिनाको न्युएबरी इलेक्ट्रिक कोअपरेटिभका प्रमुख कार्यकारी अधिकृत किथ एभरीले आवश्यक जनशक्ति र उपकरण तैनाथ गर्न टोलीसँग समन्वय गरिरहेको बताए । एभरीका अनुसार सन् २०२४ मा १४ हजार ग्राहकहरूलाई प्रभावित पारेको थियो, तर यसपटकको आँधी अझै खतरनाक हुन सक्ने उनको चिन्ता छ ।

“मलाई बरफे आँधी सबैभन्दा डर लाग्छ,” एभरीले भने ।

अधिकारीहरूले वर्षाका कारण विद्युत् प्रणालीमा गम्भीर असर पर्न सक्ने भन्दै अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् । दक्षिणी राज्यहरूमा विद्युत् अवरुद्ध हुनु भनेको केवल बत्ती निभ्नु मात्र नभई घर तताउने सुविधा नै बन्द हुनु हो । अमेरिकी जनगणना ब्युरोका अनुसार अलाबामा, जर्जिया, टेक्सास, टेनेसी, क्यारोलिनाका राज्यहरू लगायत धेरै क्षेत्रमा अधिकांश घरहरू विद्युत्बाट नै तताइन्छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १० गते शनिबार