बझाङ । बझाङमा शुक्रबार रातिदेखि हिमपात भएको छ । जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपातसँगै हल्का वर्षा भएको छ । हिमपातपछि बझाङका डाँडाकाँडा सेताम्मे देखिएका छन्, जसले जिल्लाको जनजीवन प्रभावित भएसँगै प्राकृतिक सौन्दर्य पनि बढाएको छ ।

लामो समयदेखि वर्षा र हिमपात नहुँदा सुक्न थालेका बालीमा जीवन फर्किएको भन्दै स्थानीय किसानले राहत महसुस गरेका छन् । यसले गहुँ, जौ, आलुलगायत हिउँदे बालीलाई फाइदा पुग्ने किसानको भनाइ छ ।
जयपृथ्वी नगरपालिका–१का कृषक रामजन बहादुर सिंहका अनुसार हिमपात भएपछि माटोमा चिस्यान बढेको छ भने खेतबारी हरियाली हुन थालेका छन् । उनले भने, ‘धेरै दिनपछि पानी र हिउँ पर्यो, अब बाली सप्रिने आशा छ ।’ हिमपातका कारण चिसो बढे पनि कृषि क्षेत्रका लागि भने यो सकारात्मक सङ्केत भएको कृषि प्राविधिकहरू बताउँछन् ।
प्रकाशित मिति : २०८२ माघ १० गते शनिबार









प्रतिक्रिया दिनुहोस्