
दैलेख – दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो।
दीपकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका नेपालीमाथि प्रहरीले थप कानुनी प्रक्रिया अगाडि बढाएको छ।
घटनाबारे विस्तृत विवरण सङ्कलन र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ।
प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्