आठौँ उपमेयर छात्रा कपमा क्वाटर फाइनल समीकरण पूरा



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुरमा जारी आठौँ उपमेयर छात्रा कप अन्तरमाध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता–२०८२ मा क्वारफाइनल समीकरण पूरा भएको छ । बुधबारदेखि सुरु भएको क्वाटर फाइनल समीकरण बिहीबार दुई खेल सम्पन्न हुँदै पूरा भएको हो । क्याटर फाइलनमा विजयी हासिल गरेका चार स्कुल सेमिफाइन प्रवेश गरेका छन् ।

बुधबार दुई खेल जितेका लक्ष्मी मावि र सगरमाथा मावि सेमिफाइनल प्रवेश गरिसकेका छन् । माघ ४ गतेदेखि जारी प्रतियोगितामा बिहीबार क्वाटर फाइनलका अन्तिम दुई खेल भएका थिए । जसमा बाल शिक्षा मावि र त्रिभुवन मावि सेमिफाइनल प्रवेश गरेका छन् । कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन र व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगिताको पाँचौँ दिन दुईवटा खेल सम्पन्न भएका थिए ।

पाँचौँ दिनको पहिलो खेल बाल शिक्षा मावि र ग्रीनपिस सेकेण्डरी स्कुलबीच भएको थियो । त्रिभुवन माविले टस जितेर ग्रीनपिसलाई ब्याटिङको निम्तो दिएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ग्रीनपिसले निर्धारित १४.३ ओभरमै अलआउट हुँदै ५२ रन बनाएको थियो । ग्रीनपिसका लागि सर्वाधिक विपना रानाले ७ रन, जागृती थापाले १ चौकासहित ७ रन बनाएका थिए ।

बलिङतर्फ एलिसा पुनले ३ ओभर ६ रनको क्षतिमा महत्वपूर्ण ३ विकेट लिएकी थिइन् । यस्तै निरु रावलले १.३ ओभरको बलिङ गर्दै ९ रनको क्षतिमा २ विकेट लिइन् भने सुजाता चन्दले २ ओभरमा ९ रनको क्षतिमा २ विकेट लिएकी थिइन् । यता, ग्रीनपिसले दिएको ५३ रनको सामान्य लक्ष्य पछ्याउँदै बाल शिक्षाले ९.४ ओभरमा ८ विकेट गुमाउँदै सहजै लक्ष्य भेटाएको थियो ।

उसले कूल ५३ रन बनाएर दुई विकेटले विजयी हासिल गरेको छ । बाल शिक्षाको जितका लागि निशा दमाईले २ चौकासहित १० रन र सम्झना पुनले पनि २ चौकासहित समान १० रन नै बनाएकी थिइन् । बलिङतर्फ बाल शिक्षा सरिना शाही र प्रेरणा शाहीले समान ३÷३ विकेट लिएका थिए । साविक विजेता समेत रहेको बाल शिक्षा लगातार दुई खेल जित्दै सेमिफाइनल प्रवेश गरेको छ ।

पाँचौँ दिनको दोस्रो खेलमा त्रिभुवन माध्यमिक विद्यालय र पञ्चमुखी इङ्लिस मेडियम स्कुलबीच प्रतिस्पर्धा भएको थियो । टस जितेर पहिला ब्याटिङ रोजेको त्रिभुवन माविले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै १०८ रन बनाएको थियो । त्रिभुवन माविका लागि ममता रानाले सर्वाधिक १ चौकासहित १६ रन बनाइन् ।

यस्तै पास्ना योञ्जनले ३ चौकासहित १५ र स्वस्तिका हमालले १ चौकासहित समान १५ रन बनाइन्, सृष्टि थारुले १३ रन बनाएकी थिइन् । १०९ रनको विशाल लक्ष्य पाएकोे पञ्चमुखी इङ्लिस मेडियम स्कुल निर्धारित १५ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटियो । उक्त खेलमा त्रिभुवन मावि १६ रनले विजयी भएको खेल संयोजक मदन विकले बताए् ।

योसँगै प्रतियोगितामा सेमिफाइन प्रवेश गर्ने चार स्कुलको टुंगो लागेको छ । बाल शिक्षा मावि, त्रिभुवन मावि, लक्ष्मी मावि र सगरमाथा मावि सेमिफाइनल प्रवेश गरेका छन् । शुक्रबार फाइलन प्रवेशका लागि चार स्कुलले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगताका स्कोरर होमेन्द्र क्षेत्रीका अनुसार आज शुक्रबार फाइनल प्रवेशका लागि बिहान ९ बजे पहिलो खेल बाल शिक्षा मावि र लक्ष्मी माविबीच हुनेछ ।

दोस्रो खेलमा दिउँसो १ बजे त्रिभुवन मावि र सगरमाथा मावि भिड्नेछन् । जित्ने दुई टोली फाइनल प्रवेश गर्नेछन् भने हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार