इलाम : निर्वाचन आयोगले कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले कार्कीलाई तीन दिनभित्र जवाफ पेस गर्न भन्दै स्पष्टीकरण सोधेको हो । उनी झापा– ५ मा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको मनोनयन दर्तामा सहभागी भएका थिए ।

सरकारका मन्त्री तथा कर्मचारीहरू यस्ता कार्यक्रममा उपस्थित हुन नपाउने व्यवस्था भएकोले आयोगले उनीमाथि स्पष्टीकरण सोधेको हो ।प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारको मनोनयन प्रक्रियामा प्रदेश सरकारका मुख्यमन्त्री सहभागी हुने कार्यले निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क)को उल्लङ्घन हुने देखिएकोले अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारमा लेखिएजस्तो मनोनयन कार्यक्रममा तपाईं सहभागि हुनु भएको हो वा होइन रु यस पत्र प्राप्त भएको तीन दिनभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न निर्णयअनुसार अनुरोध छ’, आयोगले भनेको छ ।









प्रतिक्रिया दिनुहोस्