राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह (बालेन)ले मधेसको छोरा प्रधानमन्त्री बन्ने लागेको बताएका छन्। सोमबार जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साहले आफूलाई मत दिन आग्रह गरे।
पहिलो पटक चुनावी सभालाई सम्बोधन गरेका उनले मैथली भाषामै मत मागे। ‘मधेसी छौरा पीएम बन्ने वाला है,’ उनले भने। रास्वपाले शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको छ।
उनले त्यसका लागि रास्वपालाई मत दिन पनि आग्रह गरे। काठमाडौँको मेयर भएर चार वर्ष काम गरेको उनले सुनाए। काम गर्दा भाषण गर्ने फुर्सद नभएको उनको जिकिर थियो।
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार









प्रतिक्रिया दिनुहोस्