निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाँदै देउवा समूह



विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वजलाई निर्वाचन आयोगले अद्यावधिक गरेको विरुद्ध नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत जाँदै छ ।
निर्वाचन आयोगले थापा समूहलाई आधिकारिकता दिनु गलत भएको जिकिरसहित अदालत जाने निर्णय शनिबार बसेको देउवा समूहको बैठकले निर्णय गरेको थियो ।

कानुनी पाटोको जिम्मा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको देउवा समूहलाई बरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसी लगायतले कानुनी लडाईमा साथ दिने जनाइएको छ ।
विशेष महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेकोमा देउवा पक्षले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने बताउँदै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार