कैलाली ।
कैलाली तरकारी तथा फलफूल व्यवसायी संघको दोस्रो अधिवेशन तथा चौथो साधारणसभा–२०८२ सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै संघको नेतृत्व परिवर्तन गरेको छ । अधिवेशनबाट सन्जित साह अध्यक्षमा चयन भएका छन् ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा मुकेश पार्की, उपाध्यक्षमा अजितप्रताप सिंह, महासचिवमा शिवराज उप्रेती तथा सचिवमा सजितकुमार साह चयन भएका छन् । नयाँ कार्यसमितिमा सहसचिव रमेश सुनार, कोषाध्यक्ष शम्भु साह र सहकोषाध्यक्ष अमृत रावल चयन भएको जनाइएको छ । सदस्यहरूमा विक्रम सुनार, भीमप्रसाद ओली, सरोजकुमार झा, शंकर ओली, भक्करराज जोशी र चन्द्र चौधरी रहेका छन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए । उनले तरकारी तथा फलफूल व्यवसायीहरू प्रदेशको कृषि अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै व्यवसायीहरूको हकहितका लागि सरकार सकारात्मक रहेको बताए ।
यसअघि संघको अध्यक्षको जिम्मेवारी विनोद शाहले सम्हालेका थिए । नवनिर्वाचित कार्यसमितिले व्यवसायीहरूको समस्या समाधान, बजार व्यवस्थापन तथा कृषि व्यवसायको प्रवद्र्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्