काबुल : गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान कैदीहरू सुरक्षित रूपमा अफगानिस्तानमा फर्केको अफगानिस्थानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

People arriving from Afghanistan make their way at the Friendship Gate crossing point at the Pakistan-Afghanistan border town of Chaman, Pakistan August 15, 2021. REUTERS/Abdul Khaliq Achakzai NO RESALES. NO ARCHIVES
कानुन बमोजिम आवाश्यक कागजातको अभावका कारण विभिन्न पाकिस्तानी जेलहरुमा बन्दी बनाएर राखिएका कैदीहरू रिहा भए सँगै दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा पार गरेर अफगानिस्तानमा प्रवेश गरेको जनाइएको छ । मन्त्रालयका अनुसार उनीहरुले आवाश्यक मानवीय सहयोग आफ्नो गृह प्रान्तमा पुग्नु अघि नै सीमाबाट भित्रिने वित्तिकै प्राप्त गरेका छन् ।
गत वर्षको जुलाईमा अफगान विदेश मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार दश हजार भन्दा बढी अफगान नागरिकहरू विदेशमा, बन्दी बनाइएका छन् भने ती मध्ये अधिकाशं अफगानहरुले छिमेकी इरान र पाकिस्तानमा कैद जिवन विताई रहेको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्