सरकारले बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा लामा मेन्री घेसे खेन्पो निग्मा कुन्क्यापलाई नियुक्त गरेको छ । २९ पुसको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्रीस्तरीय निर्णयले डाेल्पाका निग्मा कुन्क्यापलाई पाँच वर्षका लागि नियुक्त गरेको हो ।
उनलाई बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति (गठन) आदेश २०७५ को दफा ३ को उपदफा २ बमोजिम समिति अध्यक्षमा नियुक्त गरिएको मन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायले बताएका छन् ।
समाजसेवी कुन्क्यापले डोल्पो बोन स्कुल खोलेर सन् २००८ सालदेखि नै डोल्पा जिल्लाका गरिब असहाय बालबालिकाहरूलाई आवासीय सुविधासहितको शिक्षा प्रदान गर्दै आएका छन् ।
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्