धनगढी ।
कैलालीको भन्सार कार्यालयका कारण तरकारी तथा फलफूल व्यवसायीहरू मारमा परेका छन् । भारतबाट आयात हुने तरकारी तथा फलफूल व्यवसायीहरूले भन्सारबाट पास ढिलाइ दिँदा उनीहरू मारमा परेको बताउँछन् । तरकारी तथा फलफूल व्यवसायी विनोद भट्टले भारतबाट ल्याएको तरकारी दुई दिनपछि बिक्रीमा राखेका तरकारी ढिलाइ पुग्दा सस्तोमा बिक्री गर्नुपरेको बताए । उनले भन्सारमा एकलौटी भएपछि व्यवसायीहरूले समस्या भोग्नुपरेको बताए ।
उनले भने, ‘दुई दिनसम्म भारतबाट आयात हुँदा पनि भन्सारले चेकजाँच गरेन् । धनगढीको बजारसम्म पुग्न सकेन् । अहिले पुगेको छ । तर, कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको छ ।’ अत्तरिया कृषि व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद जोशीले भन्सारमा तरकारी तथा फलफूल व्यवसायीहरूलाई आयात सहजता हुनुपर्ने बताए । उनले स्थानीय बजारमा उत्पादन नहुने तरकारी तथा फलफूलनै आयात हुने भएकाले सरकारले छुट्टै संयन्त्र बनाउनुपर्ने बताए ।
उनले तरकारी तथा फलफूलहरू छिट्टै कुहिने भएकाले निर्यातमा भन्सारले सहजीकरण गर्नुपर्ने बताए । उनले भने, ‘भन्सार र क्वारेन्टाइनका कर्मचारीको कमजोरीका कारण व्यवसायनै गर्न गाह्रो भइरहेको छ । समयमै चेकजाँच गरेर बजारमा बिक्री वितरण गर्ने अवसर दिन जरुरी रहेको छ । अहिले व्यापारीको लगानीनै डुब्ने अवस्थामा रहेको छ । यहाँ उत्पादन नहुने फलफूल तथा तरकारीमात्र भारतबाट आयात हुने गरेको छ । त्यसैमा भन्सार र क्वारेन्टाइनले समस्या दिइरहेको छ ।’
भन्सार अधिकृत तेजबहादुर रावलले भारतीय भन्सारमा ढिलाइ हुँदा समस्या भोग्नुपरेको बताए । उनले साढे छ बजेभित्र आएका सामान चेकजाँच गरेर पठाउने गरेको बताए । उनले भने, ‘हामीले भन्दा पनि भारतीय भन्सारले ढिलाइ गर्छ । हामीले पनि चेकजाँच गर्नुपर्ने हुन्छ । त्यहीँबाट निर्यातमा ढिलाइ हुन्छ । हामीले ऐनभन्दा पनि व्यवहारिक रूपमा काम गर्नुपर्ने अवस्था रहेको छ । अहिले छ बजेभित्र आउने सामान हामीले चेकजाँच गरि जान दिएका छौँ ।’









प्रतिक्रिया दिनुहोस्